आधा केजीको सामान लाई २ केजी बनाउछन् यसरी भएको छ काँटामा ठगी (भिडियो सहित)

हामी सस्तोमा सामान पायौँ भनेर मख्ख पर्छौ र किनी पनि हाल्छौं तर, यो बुझ्दैनौं कि सस्तोमा सामान किन्दा कति ढगिएका छौं भनेर । बाटोमा हिड्दा धेरै नै साना व्यापारी हुन्छन् । उनीहरु हाते तराजुको प्रयोगले वा कमानी तराजुको प्रयोग गरेर धेरै ग्राहकहरुलाई ठगी रहेका हुन्छ । घटना हो साली नदि मेलाको । केहि समय पहिले साली नदिमा जहाँ धेरै नै भक्तालुहरु उपस्थीत थिए ।
त्यतीकैमा एक व्यापारी कराउँछन लौ आउनुस् सस्तो अनार, अङ्गुर लानुहोस्। दिदी अङ्गुर लानुहुन्छ ?
बाटोमा हिँडिरहेकी एक महिलालाई व्यापारी महिलाले फलफूल किन्न कर गरिन्।
कति हो अङ्गुरको ?
किलोको १५० हो, १४० मा लानुस्।
ग्राहक महिलाले एक किलो अङ्गुर किनिन्। उनले किलो अलि नपुगेको भन्दै राम्रोसँग जोखेर दिन आग्रह गरिन्। तर, व्यापारी महिलाले चिनियाँ हाते काँटा देखाउँदै भनिन्, ल हेर्नुस् पुगेको छ।
व्यापारीले पुगेको छ भन्दै ढिपी गरेपछि ग्राहक महिलाले बाटोछेउ पसलमा रहेको डिजिटल तराजुमा लगेर जोखिन्। अङ्गुर जम्मा ८५० ग्राम मात्र थियो।
दिदी अङ्गुर एक किलो पुगेको छैन।
पुर्‍याएर दिएको किन नपुग्ने ? उल्टै प्रश्न व्यापारी दिदीको।
ग्राहक महिला भन्दै थिइन्, सस्तो दिएको नाममा यसरी ठग्न त भएन, बरु मूल्य जति हो त्यति लिनुस्, यसरी ठगेर व्यापार नगर्नुस्।
बाटोमा बसेर सस्तोमा दिनुछ। किचकिच गर्छन्, किलो खोज्नेले पैसा पनि बढी दिनु निु, व्यापारी महिलाले आक्रोशमिश्रित आवाज मिसाइन्।
यस्तै कवाडीवालाहरु बाट पनि धेरै नै ठगी भईरहेका छौं ।
हेर्नुहोस भिडियो

हामी सोझा नेपालीलाई कसरी ठग्छन हेर्नुहोस । जनचेतनाको लागि सक्दो सेयर गरौँ । पसले साउजी हरुलाई #Mention गर्न नभुलौँ ।

Posted by परदेशमा ज्यान, नेपालमा मन on Friday, July 20, 2018

Loading...

LEAVE A REPLY