केटीका कारण तल्लो गाउँले र माथ्लो गाउँलेबीच मारामार (भिडियोसहित)

हामीकहाँ हास्यटेलिश्रृंखलाको भीड छ । उच्छृंखल टेलिश्रृंखला बनाएर भ्युअर बटुल्ने र  मोनिटाइज गरी डलर कमाउने धन्दामा युट्युववालाहरु लागिरहेका छन् ।
तर यो भीडमा बिशुद्ध आर्ग्यानिक टेलिश्रृंखलाको रुपमा दर्शकको मन मुटुमा बस्न सफल श्रृंखला हो क्या जमाना आ
किनकी यो श्रृंखलामा सबै नाम चलेका र कलाकारितमा जमेका कलाकारहरु छन् । उनीहरु सस्तो लोकप्रियताका लागि अभिनय गर्दैनन् । यर्थापरक र मन मुटु छुने जीवन्त अभिनय गर्दछन क्या जमाना आका कलाकारहरु ।
कुनै समय नेपाल टेलिभिजन हुँदै एपिवान टिभीबाट समेत प्रशारण भएको यो श्रृंखला हाल युट्युब च्यानलबाट प्रशारण भइरहेको छ । यस्का निर्माता हुन नवराज पुडासैनी,निर्देशक सिपी पुडासैनी जो कुनै समयको चर्चित भद्रगोल,तीते करेलीमा जमेका कलाकार । पछाडि उनी आफैंले नेपाल टेलिभिजनमा समय किनेर टेलिश्रृंखला चलाए । नेपाल टेलिभिजनमा मिडिया हबको दबदबा रहँदा सिपी पुडासैनी (कलाकार) आफैंले समय किनेर आफैं अभिनय गरी एनटिभीबाट प्रशारण हुने यो नै पहिलो टेलिश्रृंखला हो । पछाडि एपिवान टिभीले यस्लाई खरिद गरेर केही श्रृंखला चलायो । यो श्रृंखलाको ५६ औं भाग युट्युवमा अपलोड भइसकेको छ । समाजका भ्रष्ट,अनियमिततालाई टपक्क शब्दमा उतारेर कथा बुन्न खप्पिस छन् सिपी पुडासैनी ।
स्वर्णीम क्रियसनले प्रस्तुत गर्दै आएको क्या जमाना आ झण्डै आधा घण्टा सम्म हेर्दा पेट मिचि मिचि हास्न सकिन्छ । कतिपय परिस्थितीमा समाजका यर्थाथपरक घटनालाई सरल ढंगले प्रस्तु गरिदै आएको यो श्रृंखला हेर्दा दर्शक भावुक पनि बन्ने गर्दछन् ।
त्यही कारण यो श्रृंखलाले हरेक भाग ३ लाखभन्दा बढीले युट्युवमा हेरेको देख्न सकिन्छ । श्रृंखलाको सह निर्माताका रुपमा गोबिन्द प्रसाद खतिवडा छन् भने निर्माता राम प्रसाद पुडासैनी (नवराज) हुन् ।
यस्का कालकारहरुमा सिपी पुडासैनी, मुना नेपालहरुका साथै सानु बोगटी,गोविन्द प्रसाद खतिवडा,कालुराम थापा,दिपु खड्का,सीताराम दाहाल,सुरेश नेपाली,अनिता बस्नेत,शिवराज बस्नेत,रामकृष्ण परियार,भीम खनाल,चम्पक कुंवर (अनिश),राजु कट्टेल,मुकुन्द आचार्य, गीता थापा,सरोज कुँवर,प्रेम कुमार खड्का,बलराम श्रेष्ठ,बासुदेश खनाल,सुरेश थापा र अनिला दंगाललाई कलाकारको रुपमा देख्न पाइन्छ ।
भिडियो हेर्नुहोस : 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here