प्रदेश ५ मा बृहत खेलकुद प्रतियोगिता हुदैं

0
62
बाकेंको नेपालगञ्जलाई केन्द्र बनाएर बृहत राष्ट्रिय खेलकूद प्रतियोगिता हुने भएको छ । प्रदेश नं ५ मा हुने बृहत आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको ‘डेड लाइन’ पनि तय भएको छ । औपचारिक मिति घोषणा हुन बाँकी नै रहेपनि २०७५ मैं मिसन पुरा गर्ने गरि ‘डेड लाइन’ तय गरिएको हो । त्यसका लागि चैत्रको तेस्रो साता अघिनै प्रतियोगिता सुरु हुने योजना बनाइएको छ । ‘२०७५ भित्रै आठौं आयोजना हुने कुरामा कुनै शंका नगर्नुस्,’ प्रतियोगिता सञ्चालन हुने निर्माणाधिन पुर्वाधार अध्ययनका लागि दाङ पुगेर फर्किएका अधिकांश प्रदेशमा राष्ट्रिय खेलकूद परिषद् ९राखेप० का सदस्य सचिव केशव कुमार विष्टले उत्साहित हुँदै भने । राखेपका अनुसार, आठौंका लागि खेलाडी छनोट अन्तिम चरणमा पुगिसकेको छ । कार्यकारी समितिको बैठक पटक÷पटक बसे पनि आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति घोषणा गर्न सकेको छैन । अघिल्लो महिना बसेको कार्यकारी बैठकले जिल्ला छनोट पूरा भइसकेकाले प्रदेश छनोट शुरु गर्ने निर्णय गरे पनि प्रतियोगिताको मिति घोषणा गर्न सकेको थिएन । ‘सबै चुनौती चिरेरै प्रतियोगिता अबको एक महिना भित्रै सुरु हुन्छ, ढुक्क हुनुस्,’ पूर्वाधारका काम पनि अन्तिममा पुगेका छन् ।’
‘डेड लाइन’ भित्रै कुनै हालतमा मिसन सक्न सदस्य सचिवको दौडधुप पनि उत्तिकै छ । सोमवार साँझ नेपालगन्ज आइपुगेका सदस्य सचिव विष्ट अबेर रातसम्म नेपालगन्ज रंगशालामा प्राविधिक, ठेकेदार र स्थानीय खेल पदाधिकारीसँगै भेटिए । मंगलवार विहान नेपालगन्जमा ९ जिल्लाका आइटिएफ तेक्वान्दोका खेलाडीबीचको छनोट खेल उदघाटन गरेर दाङ पुगेका सदस्य सचिव विष्टले त्यहाँ उसुको प्रादेशिक छनोट समापन गरे । ‘बेलझुण्डी खेलमैदानमा दुबो रोप्ने काम पनि शुभारम्भ भएको छ,’ क्षेत्रीय खेलकूद विकास समिति प्रदेश ५ का प्रमुख भीम ओलीले भने, ‘प्रदेश ५ को छनोट सकिएकाले बुधवारबाट प्रदेश ६ र ७ को छनोटपनि घोराहीमै हुँदैछ ।’ राखेपका अनुसार, अधिकांश प्रदेशमा खेलाडी छनोट अन्तिम चरणमा पुगेको र एक साताभित्र सबै प्रदेशमा खेलाडी छनोट भइसक्ने अवस्थामा छ । राखेपले प्रतियोगिता आगामी चैत २३ देखि ३० गते गर्ने गरी आन्तरिक तयारी शुरु गरेको छ । चैत २३ गते प्रतियोगिता उद्घाटन गर्ने गरी तालिका बनेको छ । ‘समापन चैत मसान्तमैं हुनेगरि केही दिनभित्रै बस्ने बोर्ड बैठकले यस विषयमा निर्णय गर्नेछ’, सदस्य–सचिव बिष्टले भने । उनका अनुसार, आगामी चैत १६÷१७ गते देखि कतिपय प्रतियोगिता सञ्चालन गरिसक्ने राखेपको योजना छ ।
युवा तथा खेलकूुद मन्त्रालयले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता उद्घाटन हुने नेपालगन्ज रङ्गशाला निर्माण सक्न केही समय लाग्ने तथा अन्य पूर्वाधारको काम पनि पूरा गर्न केही समय लाग्ने भएकाले प्रतियोगिताको मिति तोक्न गाह्रो भइरहेको जनाएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समयमैं हुन नसक्नु तथा र दशरथ रङ्गशाला लगायतका ठूला पूर्वाधार समयमै नबन्दा नेपालमै हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद ९साग० समेत प्रभावित भइसकेको छ । ‘अब नेपालगन्ज रंगशालाका लागि नभै नहुने पुर्वाधारको काम पनि केही दिनमै सकिन्छ,’ भिआइपी प्यारापीटको लागि सामान आउँदै गरेको जानकारी दिंदै सदस्य सचिव विष्टले भने । गत मङ्सिर ८ गतेदेखि नेपालगन्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा आयोजना गर्ने तय भएको खेलकूद प्रतियोगिता पूर्वाधार निर्माणमा ढिलाइ भएको भन्दै औपचारिक÷ प्रस्तावित गरि तीन पटक मिति सरिसकेको छ । गत असोज महिनामा नुवाकोटको ककनीमा बसेको राखेपको सञ्चालक समितिको बैठकले मङ्सिरमा प्रतियोगिता आयोजना गर्न पूर्वाधार नबनेकाले माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी मिति तय भएको थियो । माघमा पनि पूर्वाधार नबनेको भन्दै मिति सारियो ।

LEAVE A REPLY