उपसचिव सञ्जेलको उद्घोष :- “भ्रष्टचारी बिचौलियालाई गेट भित्र पस्नै दिन्न “

प्रेम प्रसाद सञ्जेल विराटनगर श्रम कार्यालयका प्रमुखका रुपमा कार्यरत थिए । विभागीय श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहालले निसेनियामवली विपरीत उनको सरुवा ७० दिनमै सरुवा गराए । सञ्जेल भ्रष्टाचार विरोधी अभियानमा सक्रिय छन् । उनी त्यहाँ कार्यरत रहँदा २ महिनाको अवधिमा उल्लेख्य सुधारका कामहरु गर्दै थिए । यही बेला उनको सरुवा भए पछि उनी न्याय खोज्दै राजधानी आए । र सचिव दाहाललाई विपक्षी बनाएर सर्वाेच्च अदालतमा रिट दायर गरे ।
गत असोज ११ गते उक्त कार्यालयमा प्रमुखको रुपमा हाजिर भएका संजेललाई ७० दिनमै सरुवा गरिएको थियो। उक्त सरुवाको विरोधमा संजेलले सर्वोच्च अदालतमा अन्तरिम आदेशको माग गर्दै मुद्दा दायर गरेका थिए। सर्वोच्चले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव सञ्जेलको सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न गत शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो।

अन्तत:  उनको जीत भयो । सत्यकै पक्षमा अदालतले फैसला सुनाए पछि उपसचिव संजेल पुनः श्रम कार्यालय विराटनगर प्रमुखको कार्यभार सम्हालेका छन्। उनले आजै बिहान ९ः४५ बजे कार्यालय पुगेर कार्यालयको हाजिरी पुस्तिकामा हाजिर गरेका छन्। उनले कार्यभार सम्हाल्दै उनले भ्रष्टाचारीलाई कार्यालयको गेटबाट भित्रै पस्न नदिने उद्घोष गरेका छन्।
संजेलले तीन कामलाई प्राथमिकता तोकेका छन्। उनले श्रम कार्यालयमा सेवाग्राहीले हालेका मुद्दा छिन्ने, आफू कार्यालय प्रमुख हुँदा निरीक्षण गरेका उद्योग अनुगमन र त्यसपछि दिएका निर्देशन कार्यान्वयन गरेरनगरेको अनुगमन गर्ने र पुनः श्रम स्वीकृतिका लागि काम हुँदा हुने ढिलासुस्ती, घुसखोरी र अतिरिक्त शुल्क लिने काम रोक्ने तथा गरेको थाहा पाए कारबाही गर्ने प्रतिबद्धता गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here