उच्च अदालतले थुनामा पठाएपछि कमल ज्ञवाली पुगे सर्वोच्च

२०६५–०६६ साल वरपर अत्यधिक सफल बैंकरका रुपमा रहेका प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।
ज्ञवालीलाई उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।
ठगी प्रकरणमा लामो समय फरार रहेर गत असोज २० गते पक्राउ परेका ज्ञवाली आफूलाई धरौटीमा रिहा गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।
दायर गरेको निवेदन ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासमा पेशी रहेको छ। ज्ञवालीलाई प्रहरीले बैकिङ कसुरको फरार अपराधीको रुपमा २ वर्ष पछ्याएर पक्राउ गरेको थियो। लगत्तै उनको मुद्दा रहेको उच्च अदालत पाटनको वाणिज्य इजलासमा पेस गरिएको थियो। वाणिज्य इजलासले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि ज्ञवालीले २०७५ पुस २६ र माघ ८ गते निवेदन दायर गरेका थिए। ज्ञवालीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणसहित ५ थान निवेदन दर्ता गराएका छन्।
ज्ञवालीको निवेदनमा पुस २७ गते न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो। उक्त मुद्दामा मंगलबार दोस्रो सुनुवाइ हुन लागेको हो।
जम्को प्रकाशनका नाममा किष्ट बैंकबाटै र सिद्धार्थ डेभलपमेन्ट बैंकबाट ऋण लिएर दुरुपयोग गरेको रहस्य खुलेपछि ज्ञवालीको पतन सुरु भएको थियो। किष्टको प्रबन्ध सञ्चालक रहेकै अवस्थामा उनी सिद्धार्थ डेभलपमेन्ट बैंकको सेयरधनी समेत थिए। दुवै बैंकबाट ऋण लिएर घर जग्गामा लगानी गरेर उक्त क्षेत्रबाट रकम फसेपछि उनी फसे।
ज्ञवालीले सिद्धार्थबाट लिएको ऋणको साँवा ब्याज तिर्न नसकेको समयमा उनीमाथि राष्ट्र बैंकमा बैंकको कर्जा दुरुपयोगको उजुरी दर्ता भयो। उक्त उजुरीलाई आधार मान्दै राष्ट्र बैंकले ०६९ मा उनीमाथि छानबिन गर्दा १२ करोड रुपैयाँ पर्ने धितोमा साढे १५ करोड रुपैयाँ ऋण दिएको रहस्य खुल्यो। राष्ट्र बैंकले जम्कोबाट साढे ३ करोड रुपैयाँ तत्काल उठाउन निर्देशन दियो। सो काण्डमा राष्ट्र बैंकले ज्ञवालीलाई ५ लाख रुपैयाँ जरिवाना समेत गर्‍यो।
Loading...

LEAVE A REPLY