हेलिकोप्टरबाट झर्ने क्रममा प्यारासुट नखुल्दा एक सैनिक घाइते

Sharing is caring!

आज सैनिक दिवस सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्गका रुपमा रहेको नेपाली सेनाले शिवरात्रिका अवसरमा सोमबार मुलुकभर सेना दिवस मनाउँदै छ । सोहि क्रममा सैनिक परेडका क्रममा हेलिकोप्टरबाट प्यारासुटमा झर्ने क्रममा नेपाली सेनाका एक हलवल्दार घाइते भएका छन्।
सेनाको हेलिकोप्टरबाट प्यारासुटमार्फत टुँडिखेलमा झर्नुपर्नेमा हलवल्दार पूर्णबहादुर भण्डारीको प्यारासुट नखुल्दा उनी सिधै जमिनमा बजारिएका थिए।
घाइते भण्डारीलाई उपचारका लागि वीर अस्पतालमा लगिएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए।

Sharing is caring!

LEAVE A REPLY