भाईरल हुँदै पशुपतिको कुरी कुरी

लुट्न सके लुट कान्छा वि.स. २०७५ सालमा सार्वजनिक भएको अत्यान्तै लोकप्रिय तथा विवादास्पद नेपाली मौलिक प्रकारको लोक गीत हो। यो गीत नेपाली चर्चित लोक गायक पशुपति शर्माले लेखेका तथा गाएका थिए। नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै पशुपति शर्माले सार्वजनिक गरेको यस गीत युट्यूबबाट हटाएइको थियो।
लोक गायक गायक पशुपति शर्माको ‘लुट्न सके लुट‘।’ बोलको गीतका कारण यतिबेला नेपाली साङ्गीतिक क्षेत्र तातेको छ । केही दिनयता राजधानीका सडकदेखि सदनसम्म यही गीतको चर्चा परिचर्चा भइरहेको छ । सामाजिक सञ्जालमा पनि गीतका विषयले प्राथमिकता पाइरहेको छ । गीतको पक्ष तथा विपक्षमा बहस चलिरहेकै छ ।
गीत सार्वजनिक हुनेबित्तिकै विवादमा तानिएको थियो । गीतमा प्रयोग भएका भ्रष्टाचारका शब्दले सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्तालाई चिढ्यायो । गीतमा प्रयोग भएका शब्दका विषयमा यो दलका युवा सङ्घले समेत गम्भीर आपत्ति जनाएको थियो, जसका कारण गायक आफैले गीत युट्युबबाट हटाए ।
पशुपति शर्माको बिबादित उक्त गितपछी सामाजिक संजालमा फेरी नया नया गित आइरहेको छ । लुट्न सके लुटको विवाद नसकिदै उनले अर्को व्याङ्गात्मक गित निकालेका छन् । हेर्नुहोस भिडियो सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here