आँउदो वर्षको बजेट १५ खर्ब ७७ अर्ब पुग्ने : यस्ता छन कार्यक्रम

आउँदो वर्षको बजेट १५ खर्ब ७७ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि बजेट तथा कार्यक्रम प्रक्षेपण गर्नका लागि मध्यकालीन खर्च संरचनाको आधारमा मार्गदर्शन र सीमा पठाएको छ ।
सरकारले चालू वर्षको ६ महिनाको प्रगति विवरण समयमै उपलब्ध नगराउँदा खर्च संरचनाकै आधारमा प्ररारम्भिक बजेटको सीमा र मार्गदर्शन पठाइएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेलले जानकारी दिएका छन् ।
मध्यकालीन खर्च संरचनामा आगमी वर्षको कूल बजेट १५ खर्ब ७७ अर्बको हुने उल्लेख छ । यही आधारमा आगामी वर्षका लागि बजेटको सीमा निधारण हुने कँडेलले बताएका छन् ।
‘मध्यकालीन खर्च संरचनाकै आधारमा सीमा तोकिन्छ, त्यही सिद्धान्तमै रहेर हामीले बजेट तथा कार्यक्रम बनाउन निर्देश गरेका छौं’ कँडेलले भने, ‘पहिले बनाउने अनि त्यसैलाई लात्ती हान्ने काम गर्न त भएन ।’
योजना आयोगले आगामी वर्षका लागि १५ खर्ब हाराहारीमा बजेट हुने प्रारम्भिक प्रक्षपेण गरेको छ । उसले सम्बन्धित मन्त्रालयहरूलाई चैत दोस्रो हप्ताभित्र आगामी वर्षका लागि बजेट, खर्च तथा कार्यक्रमको अनुमान गरी एलएमबीआइएसमा दर्ता गरिसक्नु पर्नेछ । त्यसरी आएका कार्यक्रम र खर्चका बारेमा योजना आयोग र अर्थ मन्त्रालयले छलफल गर्नेछन् । आगामी वर्षको बजेटमा पनि खासै नयाँ कार्यक्रम नहुने भएकोले स्रोतका समस्या भएको तर कार्यक्रम र सीमाको कुनै समस्या नहुने उपाध्यक्ष कँडेल बताउँछन् ।
Loading...

LEAVE A REPLY