के फेसबुक र ट्विटर बन्द हुँदैछ ? सरकारी अधिकारी भन्छन् :- भ्रामक सूचनाको पछाडि नलागौं

रबिन्द्र अधिकारी जस्ता प्रवल सम्भवना बोकेका नेता,आङछिरिङ शेर्पा जस्ता उद्यमीसहित सात जना व्यक्तिको ताप्लेजुङमा ज्यान गएको पीडामा थियो मुलुक । शनिवार अर्को नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई हामीलाई छोडेर गए । यी व्यक्तिहरुलाई गुमाउनु पर्दाको पीडामा रहेको समयमा हामीकहाँ अर्को सूचना भाइरल भइरहेको थियो सरकारले फेसबुक र ट्विटर बन्द हुने सम्बन्धी सूचना थियो त्यो । शनिवारबाटै फेसबुक र टिवट्र बन्द हुने सूचनामा उल्लेख थियो । त्यही कारण सामाजिक सञ्जाल प्रयोगकर्ताहरु त्यो सूचनालाई धमाधम आफ्नो फेसबुक तथा ट्विटर पेजमा पोष्ट गरिरहेका थिए ।


सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने सम्बन्धी विधेयकमाथि संसदमा छलफल हुने क्रममा समेत सामाजिक सञ्जाल बन्द हुने सम्बन्धी हल्ला फैलिएका थिए । तर सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कुनै नीति नभएको स्पष्ट पारिसकेको थियो ।

उक्त सूचना नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, सूचना विभागको नामबाट जारी भएको देख्न पाइन्छ । हामीले यस सन्र्दभमा त्यहाँका अधिकारीसमक्ष जिज्ञासा राख्यौ के साँच्चै नेपालमा फेसबुक र ट्विटर बन्द हुन लागेको हो त ?

मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले सामाजिक सञ्जाल बन्द गर्ने सम्बन्धमा मन्त्रालयबाट कुनै सूचना जारी नभएको बताए । उनका अनुसार सामाजिक सञ्जालमा फैलिइरहेको सूचना नक्कली र भ्रामक रहेको सूचना हो ।

LEAVE A REPLY