दुर्गाको रेकर्ड ब्रेक,बनिन पहिलो महिला सिडिओ

दुर्गा बञ्जाडे जुम्लामा पहिलो पटक महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्न सफल भएकी छिन् । जुम्लाको इतिहासमा बञ्जाडे पहिलो महिला सीडीओ बनेकी हुन् ।

बञ्जाडेले शुक्रबारबाट कार्यभार सम्हालेकी छन् । जुम्लाको ४० औं सीडीओको रुपमा बञ्जाडे पुगेकी हुन् ।

पहिलो महिला सीडीओबाट जुम्लाबासीले हरेक क्रियाकलापमा इमान्दारिता र पारदर्शी संस्कृतिको विकास हुने अपेक्षा गरेका छन् । पहिलो पटक महिला सिडिओ पाउँदा स्थानीय पनि निकै खुसी देखिन्छन् ।

प्रजिअ बञ्जाडेले कार्यभार सम्हाल्दै सेवा प्रवाहमा पारदर्शिता र गुणस्तरीयता कायम गर्न आफूले सम्पूर्ण रुपमा कदम चाल्ने बताइन् ।

कार्यकालको पहिलो दिन उनले कार्यालयका कर्मचारी, कर्मचारी मिलन केन्द्र र सुरक्षा निकायका प्रतिनिधिसँग छलफल गरेकी छन् ।

Loading...

LEAVE A REPLY