आङछिरिङ शेर्पाका तीनै दाजुभाई हवाई दुर्घटनामा : दुई भाई बिते,एक भाई बाँचे

तस्वीरमा भएका आङछिरिङ शेर्पा हवाई दुर्घटनामा परेर बितेका हुन्

बुधबार भएको हवाई दुर्घटनामा परेर आङछिरिङ शेर्पाको ज्यान गयो । होटल,हवाई र पर्यटन क्षेत्रमा उनको ठूलो योगदान रहेको छ । शेर्पा सोलुखुम्बु सल्लेरीमा जन्मिएका हुन । गरिब परिवार । शेर्पाका तीनै जना दाजुभाइ हिमाल आरोहणमा संलग्न थिए। शेर्पा पर्यटकका भरिया हुँदै अहिले हवाई क्षेत्रका ठूला उद्यमी बन्न सफल व्यवसायी हुन् । पासाङ ल्ह्यामू शेर्पा आङछिरिङको आफ्नै भाउजू हुन्।


शेर्पा थाम शेर्कु नामक टेर्किङ कम्पनीका मालिक हुन् । यो नेपालकै ठूलो टेर्किङ कम्पनीको रुपमा परिचित छ । यही समूहले आजभन्दा २० बर्ष अगाडि यति एयरलाइन्स स्थापना गरे । त्यसको सफलता पछि तारा एयरलाइन्स चलाए। केही बर्ष अगाडि मात्र उनले हिमालयन एयरलायन्स नामक अर्काे जाहाज सञ्चालन गरेका थिए ।

जहाँ शेर्पाको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । यस्तै डाइनेष्टी एयरका अध्यक्ष समेत हुन शेर्पा । उक्त एयरलायन्समा शेर्पाको २५ प्रतिशत शेयर स्वामित्व रहेको निकटस्थहरु बताउँछन् । शेर्पा हवाई क्षेत्रको सफलता पछाडि उनी होटल क्षेत्रमा लगानी बढाउन थाले । राजधानीमा अवस्थित गोकर्ण फरेष्ट रिर्सोट उनै शेर्पाको हो । यस्तै उनी निकटस्थहरुका अनुसार शेर्पाको लगानी सोलुखुम्बु क्षेत्रका ७ वटा होटलमा रहेको छ । यस्का अलवा अन्नपूर्ण क्षेत्र, पोखरा, सौराहा, बन्दीपुरमा पनि उनले होटल चलाएका छन्।


दुखद पक्ष चाहिँ शेर्पाका दाजुभाइहरुको निधन प्लेन क्रयासमै परेर भएको छ ।

आङछिरिङ शेर्पाको कान्छा भाइ आङटेण्डी शेर्पा सन् ५८ सालमा उच्च हिमाली क्षेत्रमा फँसेका पर्यटकको उद्धारको प्रयास गरिरहँदा हेलिकप्टर दुर्घटनामा परेर बितेका थिए ।


यस्तै उनका अर्काे भाइ डेन्डी शेर्पाको निधन ५६ सालमा हेलिकप्टर दुर्घटनामा परेर भएको थियो । उनी तत्कालीन नेकपा एमालेका सोलुखुम्बु जिल्ला नेता थिए।

आङछिरिङका जेठा दाई लाक्पा सोनाम शेर्पा चढेको एयर डाइनेस्टीको हेलिकप्टर पनि सोलखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । तर त्यसबेला सोनाम सकुशल रहे ।

शेर्पाका श्रीमती चन्दा शेर्पा र दुई छोरा पासाङ र नुर्वु छन्।

LEAVE A REPLY