हेलिकप्टर दुर्घटनामा मृत्यु भएको खबरले आङछिरिङ शेर्पालाई दिएको तनाव

एयर डाइनेष्टिको जाहाज दूर्घटना हुँदा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सात जनाको ज्यान गएको छ । उक्त दूर्घटनामा परी पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको समे्त ज्यान गएको छ । उनी एयर डाइनेष्टी हेलिकप्टरका अध्यक्ष समेत हुन् । जहाँ उनको २५ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल हवाई क्षेत्रमा उल्लेख्य योगदा पुराएका उनी गोकर्ण रिर्सोट र हिमालयन एयरलायन्सका मालिक पनि हुन् ।

ज्यान गुमाउने आङछिरिङ शेर्पा तर फोटो अर्कै आङछिरिङ शेर्पाको अनलाइन मिडियामा छापिन थालेपछि एसियन ट्रेकका प्रवन्ध निर्देशक तथा नेपाल पर्वतारोहण संघका अध्यक्ष चाहिँ तनावमा परेका छन् ।

शेर्पालाई उनका शुभचिन्तक तथा आफन्तजनले फोन गरेर हैरान पारेका थिए । जिउदै मानिसलाई मेरेको भनेर श्रद्धान्जली समेत आउन थालेपछि उनी समस्यामा परेका छन् । शेर्पालाई स्वेदश तथा विदेशबाट शूभचिन्तकहरुले फोनको ओइरो लाग्न थाले पछि उनी तनावमा परेका हुन् ।

Loading...

LEAVE A REPLY