विष्णु सर ! कहिलेसम्म अरुको पसिनामा ‘मोज गर्ने’ ?

जब मान्छेलाई पैसाको भोक लाग्छ उसले के नैतिक के अनैतिक सबै चिज बिर्संदो रहेछ । हुन त जसको इज्जत छ उसैलाई न चिन्ता हुने हो बेइज्जतीको । त्यसै भनिएको होइन होला धन देखेपछि महादेवको त्रिनेत्र ! विष्णु आचार्य, आफैं अपांग हुन् । तर, उनले यही नाममा लाखौं कमाए । जनयुद्धताका खुट्टा गुमाउन पुगेका व्यक्ति । अहिले अपांग पुनःस्थापना केन्द्र चलाइरहेका छन् । सोझा गाउँलेलाई महिनांैसम्म काम लगाउने र पैसा नदिने बानी हो ।
गाउँबाट उच्च शिक्षा अध्ययनका लागि राजधानी भित्रिएका सोझा सीधाको पसिनामा तर मारेर आफ्नै भुँडी मात्र भरिरहेका छैनन्, महल जोड्न भ्याएका छन् । स्थायी ठेगाना रसुवा भएका उनी काठमाडौंमा बस्छन् । जीवनका ऊर्जाशील, धेरै विद्यार्थीलाई पढाए पनि । धुन्चेमा आफूले पाएजस्तो दुःख अरूले नपाउन् भन्दै अपांग पुनःस्थापना केन्द्र चलाए । जब विद्यार्थीलाई पढाएर भन्दा यताबाट मनग्ये आर्जन गर्न थाले तब रस यतै बस्यो । जिल्लाका ३०÷३२ जना अपांगलाई भेला पारे ।
अपांगता भएका व्यक्तिको हेरचाह, खानपिन, लुगा, दिसापिसाब धुनेदेखि लिएर सम्पूर्ण काम गर्न ४ जना राखे । यसरी दुःख गर्नेलाई मासिक ४ हजार दिन्थे । हुँुदै नहुनुभन्दा पनि कानो मामा जाति भन्दै उनीहरू अपांगता भएका व्यक्तिको सेवामा लागिरहे । उनको कामप्रति प्रभावित भएर विभिन्न राष्ट्र, संस्था, आफ्नै देशमा सेवाभाव बोेकेका विभिन्न संस्था तथा व्यक्तिबाट प्राप्त अनुदान खाएर बचेको मात्र अपांगता भएका व्यतिm र काम गर्ने स्टाफलाई दिए ।
काम गर्ने मान्छेले छाडेर हिँड्न थालेपछि संस्था ४ वर्ष नपुग्दै बन्द भयो । रसुवामा बदनामी कमाएपछि काठमाडौं भित्रिए । रसुवा शिक्षा कार्यालयले पैसा नदिएको बहाना बनाएर उठाए र काठमाडौंमा संस्था खडा गरे । भन्छन्, नानीदेखि लागेको बानी सिस्नुपानी लाए नि नजानी ! खाने बानी बसेपछि त्यत्तिकै कहाँ निद्रा लाग्छ र ? बोहरा नामक व्यक्तिसँग सहकार्य गरेर धेरै धन कमाउने प्रयास गरे । उनको उद्देश्य भने बडो रोचक थियो, नकार्न कसैले नसक्ने । योजना थियो कर्मचारीलाई प्रत्येक स्कुलमा गएर विद्यार्थीले लेखिसकेका कापी÷ किताब मासिक १ केजी जम्मा गराउने र सोही पेपरबाट प्लास्टिक निषेध अभियानअन्तर्गत खेलौना तथा फूल बनाउने ।
यसका लागि रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाबाट राजधानी भित्रिए कलेज पढ्दै गरेका विद्यार्थीलाई प्रयोग गरे । के आस देखाइयो भने यो कर्ममा सरिक भएको खण्डमा उच्च शिक्षातर्फ ५० प्रतिशत शुल्क मिनाहा गराइने । प्लस टुदेखि ब्याचलर पढ्दै गरेका २४ जना तन्नेरी अहोरात्र फिल्डमा खटिए । मासिक तलब तोकिएको थियो १५ देखि ३५ हजारसम्म ।
तर, काम गरेको पारिश्रमिक ३ महिनासम्म सुको पाएनन् । आक्रोशित हुनु स्वाभाविक थियो । तन्नेरीहरूले बैठक बोलाए । सोही दिनदेखि आचार्य आफ्नो तीनवटै मोबाइल स्विच अफ गरेर लापत्ता भए । उनले यो प्रोजेक्टका लागि सानेपास्थित मेघा अस्पतालसँग सहकार्य गरी कार्यालय खडा गरेका थिए, त्यहाँको दोस्रो तलामा । त्यहीँको क्यान्टिनमा खाजा खाना खाएको ८० हजारभन्दा बढी बाँकी छ । यसरी दुनियाँलाई रुवाएर आचार्यले रसुवाकै कालिकास्थानमा तीन तलाको पक्की महल ठडाएका छन् ।

(आजको जनआस्थामा  खबर छ )

LEAVE A REPLY