भट्टराईको नेतृत्वमा पार्टी कार्यलय बाहिर प्रदर्शन

 

 

 

 

 

 

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्रको विवाद चरमचुलीमा पुगेको छ । देउवा पक्षीय र सिटौला पक्षीय विद्यार्थीबीच एकआपसमा झडप पनि भएको छ । नेविसंघ पूर्वसभापति नैनसिंह महरले माघ २८ गते राजीनामा दिएपछि निर्वाचित कार्यसमिति विघटन भयो । पार्टीले नेविसंघको १२ औं महाधिवेशनका लागि तदर्थ समिति गठन ढिलाइ गरिरहेको छ । यहीबीचमा सिटौला समूहले ३२ वर्षे उमेर हद कार्यान्वयन गरिनुपर्ने माग गरेको छ ।

 

३२ वर्ष उमेर हद कार्यान्वन गरेपछि नेपाली काङ्ग्रेस पार्टी कार्यलय बाहिर विद्यार्थीहरुको बिरोध प्रदसन भएको छ ।
ने.बि. संघ को ३२ बर्ष मुनीको तदर्थ समिती आउनुपर्ने माग गर्दै कोटेश्वर बहुमुखी क्याम्पस का पूर्व स्वबियू सभापति तथा ने.बि. संघ का नेता महेन्द्र भट्टराई को नेतृत्व मा नेपाली काङ्ग्रेस पार्टी कार्यलय बाहिर विद्यार्थीहरुको बिरोध प्रदसन भएको छ । पार्टी का सस्थापन पक्ष का ने.बि.संघ का नेताहरु ३२ मुनी का बिद्यार्थीहरु नेतृत्व मा आउँदा आफू कमजोर हुने डर ले तदर्थ समिति मा ३२ माथी का नेता ल्याउन पार्टी सभापती लागेको भट्टराई को आरोप छ । त्यस्तै अघिल्लो अधिबेशन मै ३२ बर्ष मुनि का बिद्यार्थी मात्र नेतृत्व मा आउने बिधान पारित भए पनि बर्तमान का केही नेताहरु बिधान बिपरित लागेको पनि भट्टराई को आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here