‘बारम्बार कम्नुनिष्ट, कम्युनिष्ट नभन्नुस्’ भन्दै मन्त्री बास्कोटाले संसदमा सलाम ठोके

शुक्रबार प्रतिनिधिसभाको बैठकमा सदाझैँ आक्रमक रुपमा प्रस्तुत भए सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटा । उनले बारम्बार कम्युनिष्ट, कम्युनिष्ट भन्नु जनताको अपमान गरेको भन्दै त्यसप्रति आपत्ति जनाए । साथै, उनले सम्पूर्ण सांसदहरुको धारणा र जिज्ञासाका बारेमा पनि बोले ।

संसदमा उनले भने ‘सुशासनतर्फ सबैभन्दा आवश्यक चिज सूचना तथा सञ्चार पनि हो । मानिसको जिवनसँग महत्वपूर्ण रहेकाले यो विद्येयक ल्याइएको हो । डिजिटल ऐनतर्फ साइबर क्राइमसम्बन्धिका कुराहरु छन् । सबैलाई थाहा छ, स्वतन्त्रको सीमा हुँदैन तर, मर्यादाको सीमा हुन्छ । त्यो नाँगो हुँदैन । अहिले निक्कै जुम्ल्याहा दुईटा शब्द आउँछन् । ती दुई (दम्भ र अधिनायक) दाजेर हेर्नुहुँदैन । इतिहास पल्टाएर हेर्दा हुन्छ । राजतन्त्र फालेर नै यहाँसम्म आइपुगेको हो । हामीले राम्रो गर्न खोज्दाखोज्दै भएका अन्योलताहरुलाई हटाउन सकिन्छ तर, पूर्वाग्रहको विषयलाई त कसरी समाधान गर्न सकिन्छ र । मेरो सलाम छ हजुर ।’

सांसदहरुले सामाजिक सञ्जालको विषयमा आपत्ति जनाएको प्रश्नको उत्तर दिँदै मन्त्री बास्कोटाले भने, ‘सामाजिक सञ्जालका कारण मान्छेहरु आत्महत्याको विन्दूमा पुगेको छ । उपचार नै पाइदैन भन्ने छ र ? यो विषय प्रेस स्वतन्त्रभन्दा फरक हो । यस्ले प्रेस स्वतन्त्रतामा कुनै फरक पार्दैन । प्रेस जर्नालिज्मभित्र पर्दछ, सोसल साइन्स हरेक नागरिकहरुसँग सम्बन्धित रहन्छ ।’

मन्त्री बास्कोटाले उत्तर छिमेकी चीनले जसरी आफ्नै इन्टरनेटको विकास गर्न नसकेको बताए । उनले कम्युनिष्ट शब्द बारम्बार उच्चारण गरेको भन्दै त्यसप्रति त्यति धेरै आलोचना नगर्न पनि सांसदहरुलाई सुझाव दिए । सांसदहरुलाई अन्य केही त्रुटी ‘इरर’ छन् भने बाँकी छलफलका क्रममा अझ सशक्त ढंगले अघि बढाउने पनि बताए ।
यसैबीचमा मन्त्री बास्कोटाले बारम्बार कम्युनिष्ट भन्नु जनतालाई नै अपमानित गरिएको बताए । उनले यसो भन्नु उपयुक्त नरहेको र जनताले नै दुई तिहाई कम्युनिष्टको सरकार रोजेपछि यस विषयमा धावा बोलिरहनु आवश्यक नरहेको बताए ।

साथै ०७५ को सूचना तथा सञ्चारसम्बन्धि विचार गरियोस् भन्ने विद्येयक बहुमतका साथ पारित गरिएको छ । त्यसपछि संघीयता तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामती सेवा विद्येयकलाई सभामुखलाई दफावार छलफलका लागि पठाइएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here