फागुन भित्रै फालिदैछन् यी मन्त्री, यिनले पाउँदैछन् झण्डा हल्लाउने सौभाग्य

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्परिड अनुसार हिड्न नसक्ने मन्त्रिहरु परिवर्तन गर्ने तयारी थालेका छन् । वालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्परिड अनुसार  हिड्न नसक्ने मन्त्रीहरु परिवर्तन गर्ने बिषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सकरात्मक छन् ।
मन्त्रीमण्डलका सारथीहरुमध्य कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मातृका यादव,  गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा र पर्यटनमन्त्री रवीन्द्र अधिकारीको कामबाट प्रधानमन्त्री असन्तुष्ट व्यक्त गरिरहेका छन् ।
गत फागुन ३ गते केपी ओली नेतृत्वको सरकारले बर्ष दिन पूरा गरेको छ । यो अवधीमा प्रधानमन्त्री आफैंले एउटा एप्स मार्फत मन्त्रालयहरुको अनुगमन गरेका थिए । जस्मा खानेपानी मन्त्री विना मगरले योजना अनुसार काम पूरा गर्न असफल रहिन ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले मात्र खानेपानी सचिव गजेन्द्र ठाकुरलाई त्यहाँबाट नेपाल ट्रष्टको कार्यालयमा पठाएको छ । त्यहाँ शहरी विकास मन्त्रालयबाट तानिएर प्रधानमन्त्री कार्यालयमा जगेडामा रहेका सचिव दीपेन्द्रनाथ शर्मालाई पठाइएको छ ।
खानेपानी मन्त्रालयका एक अधिकारीले भने,जबसम्म खानेपानी मन्त्रालयमा मन्त्री विना मगर र मेलम्ची परियोजनामा सूर्य कँडेल रहन्छन् तबसम्म मेलम्ची भित्रदैन,लेखेर राख्नुहोस । त्यहाँ विना मगरको पनि जिम्मेवारी हेरफेर गरिनुपर्ने त्यहाँका कर्मचारीहरु सुनाँउछन् ।
यस्तै हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोर सम्हालिरहेका उपेन्द्र यादव पनि यो अवधीसम्म कार्ययोजना अनुसार काम गर्न असफल मन्त्रीमा दरिएका छन् ।कतिसम्म भद्रगोल छ भने विगत ६ महिनादेखि उपेन्द्र यादवले वीर अस्पताल अर्थात चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा पदाधिकारी समेत नियुक्त गर्न सकेका छैनन् । उस्तै लफडा छ भरतपुर क्यान्सर अस्पतालमा । त्यहाँ पनि विगत लामो समयदेखि कार्यकारी प्रमुख बिहिन छन् ।
यस्तै भौतिक पूर्वाधार तथा तथा यातायात मन्त्री पनि असफलकै सूचीमा दर्ज भएका छन् ।सिण्डिकेट हटाउने उद्घोष समेत हावा खाएको छ । तर रघुविर महासेठ अर्वपति उपेन्द्र महतोको बहिनी ज्वाई भएको हुँदा उनलाई हटाउने सम्भवना कम रहेको नेकपाकै नेताहरु टिप्पणी गर्दछन् ।
प्रधानमन्त्री कार्यालयको आंकडा अनुसार समयमा सबैभन्दा धेरै कार्ययोजना पुरा गर्नेमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली छन् । दोश्रोमा गृहमन्त्री रामबहादुर थापा छन् । तर प्रधानमन्त्री ओली सफल मन्त्रीलाई फालेर असफल मन्त्रीहरुलाई सारथीको रुपमा राख्न खोजिरहेका छन् ।
जसमध्य लालबाबु पण्डित, यस्तै केही राम्रा काम गरेका गोकर्ण विष्टलाई समेत हटाउने तयारी चल्दैछ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीलाई हाटउने चर्चा बालुवाटारमा चल्न थालेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका कारण उद्योग क्षेत्र थप आतंकित बनेको गुनासो उद्योग व्यवसायीहरुले लगातार गर्दै आएका छन्। उनलाई पनि हाटाउने प्रधानमन्त्रीको तयारी छ ।
तर अर्थमन्त्री युवराज खतिवडाको विकल्प नभेटिएका कारण उनलाई हटाइने सम्भवना कम छ ।
स्रोतका अनुसार यी मन्त्रीहरुलाई फालेर सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र योगेश भट्टराईलाई सामेल गर्ने बारेमा छलफल चलेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here