सुदूरपश्चिम प्रदेशको ३२ स्थानमा खेलमैदान निर्माण हुँदै

0
102
मीन ठकुरी
धनगढी । सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण तथा सुधार हुने भएको छ । सुदूरपश्चिम प्रदेशसभा निर्वाचनका ३२ स्थानमा एक खेलमैदान निर्माण एवम् सुधार कार्यक्रम अन्र्तगत खेलमैदान हुने भएको हो ।
प्रदेशसभा निर्वाचनका ३२ वटा स्थानमा निर्माण हुने खेलमैदानका लागि सुदूरपश्चिम प्रदेशको सामाजिक मन्त्रालयले चालु आर्थिक वर्षमा रु. छ करोड ४० लाख बजेट विनियोजन गरेको छ ।
एक खेलमैदानको लागि २० लाख रुपैयाँको दरले ३२ वटै खेलमैदान निर्माणका लागि सो बजेट बजेट छुट्याएको हो । चालु आर्थिक बर्षको असार मसान्तसम्म खेलमैदान मैदान निर्माण कार्य सम्पन्न भइसक्ने सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका युवा तथा खेलकुद महाशाखा उपसचिव किसनराज चितुवालले जानकारी दिए । उनका अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचित प्रदेश सासंदले सिफारिस गरेको स्थानमा खेलमैदान छनौट गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका ३२ स्थान मध्ये कैलालीमा १० स्थानमा खेल मैदान निर्माण तथा स्तरोन्नती हुँदैछ । कैलालीमा नारायणपुर बेलुवा खेलमैदान टीकापुर, रामनगर शिविर खेलमैदान बञ्जरिया जोशीपुर ३, छपालिपुर लम्की–चुहा १, मुढाबजार दक्षिण खेलमैदा नबर्दगोरिया ४, ओमनगर उत्तर भर्री मैदान कैलारी ३, सुन्दरपुर खेलमैदान घोडाघोडी ४, स्याउले बजार पूर्वको खेलमैदान गोदावरी ८, रामपुर खेलमैदान गोदावरी ११, फूलबारी खेलमैदान धनगढी उपमहानगरपालिका १४ एच गाउँ र धनगढी कभर्ड हल खेलमैदान रहेका छन् ।
त्यस्तै कञ्चनपुरमा बल्मी खेलमैदान लालझाडी ३, गोकुलपुर खेलमैदान बेलौरी २, सिंहपुर खेलमैदान शुक्लाफाँटा ६, रिगौना खेलमैदान भीमदत्त ९ र सुन्दरपुर खेलमैदान महाकाली नगरपालिका ८ नम्बर वडामा गरी जम्मा छ वटा खेलमैदान निमार्ण तथा स्त्तरोन्नती हुने भएका छन् ।
अछाममा चारवटा खेलमैदानमा चौखुट्टे खेलमैदान चौरपाटी गाउँपालिका, मेल्लेख खेलमैदान मेल्लेख ५, आली खेलमैदान पञ्चदेवल विनायक ५ र ढकारी बुढासैन ढकारी गाउँपालिका निर्माण हुने भएका छन् ।
बैतडीमा सिउडेलेक खेलमैदान सुर्नया ३ र शुल्लेखान खेलमैदान शिवनाथ गाउँपालिका ५, दार्चुलामा सकार, महाकाली नगरपालिका १ र बलाच खेलमैदान शैल्य शिखर नगरपालिका १ खेल मैदान निर्माण हुने भएका छन् ।
डडेल्धुरामा माले भावर खेलमैदान आलिताल ५ र गोलाखेती खेलमैदान अमरगढी नगरपालिका ६, त्यस्तै डोटीमा राजपुर खेलमैदान दिपायल र केआईसिंह खेलमैदान केआईसिंह गाउँपालिका ६ मैदान निर्माण हुने भएको छ ।
त्यस्तै बझाङमा बित्थड खेलमैदान बित्थडचिर गाउँपालिका र भोपुर खेलमैदान जयपृथ्वी नगरपालिका र बाजुरामा देवानिमाण्डौ खेलमैदान बुढीनन्दा नगरपालिका १ र सैनचोर खेलमैदान बुढीगंगा नगरपालिका ६ रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने ३२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र छन् ।

LEAVE A REPLY