पशुपतिको लुट्न सके लुट कान्छा (भिडियो सहित )

पञ्चायत सुने बहुदल र गणतन्त्र भोगे तर अहँ देश र जनताको निश्वार्थ माया गर्ने कूनै नेता देखिएन तेसैले भन्न मन लाग्छ लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देशमा पाइदैन नेपालमै हो छुट ।

माथीका शव्द हाम्रो नभइ चर्चित लोकदोहोरी गायक पशुपति शर्माका हुन । सामाजिक तथा राजनितक विकृतिमा दरो प्रहार हान्न सिपालु उनले फेरी अर्को नेपालमा हुने भ्रष्टाचारको बारेमा गित मार्फत गतिलो पाठ पढाएका छन् । निर्देशक दुर्गा पौडेलले यस गीतलाइ भिडीयोमा समेत अझ जिवन्त बनाएका छन् । उक्त गीतको भिडियो पशुपति शर्माको आफ्नै यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

गीतमा शब्द अनी संगीत पनि गायक शर्माको आफ्नै रहेको छ,गीतको म्युजिक भिडियोमा पशुपती शर्मा,मञ्जु बि।क र प्रज्योल भण्डारी देखीएका छन्। भिडियोलाई निर्देशन दुर्गा पौडेलले गरेका हुन त्यस्तै छायांकन पनि दुर्गा पौडेलले नै गरेकाछन भने सम्पादन नबिन घर्ती मगरले गरेका छन्।

https://youtu.be/bdhrOfi6xLc

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here