मन्त्रीदेखि सांसद र मेयरसम्मले हेरे १०० कडा १० : सबैले भन्छन छुटाउन नै नहुने चलचित्र रहेछ

‘भ्रष्टाचारविरुद्ध अभियान’का रूपमा निर्माण गरिएको चलचित्र ‘१०० कडा १०’ को सकारात्मक छाप छाडोस् भनेर चितवन उद्योग संघले विशेष प्रदर्शन गरिएको छ । चलचित्र १०० कडा १० शुक्रबारबाट मुलुकका ७ दर्जन सिनेमा हलमा प्रदर्शन भएको चलचित्र हो ।

उक्त चलचित्र हेर्नका लागि प्रदेशसभा सांसद दिनेश सुबेदी, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, जिल्ला समन्वय प्रमुख, प्रमुख जिल्ला अधिकारी, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकार महासंघका अध्यक्ष राधेश्याम खतिवडालगायतले चलचित्र हेरे ।

यसअघि चलचित्रलाई काठमाडौंमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले हेरेर भ्रष्टाचारविरुद्ध अभियानमा १०० कडा १० उत्कृष्ट फिल्म बनेको भन्दै सामाजिक सञ्जालमा लेखिसकेका छन् । पूर्वउपप्रधानमन्त्री वामदेव गौतमसहित अन्य नेताले पनि चलचित्र हेरेर प्रशंसा गरेपछि चितवनमा विशेष प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शन पछि भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले राष्ट्रकै विशेष चलचित्र भनी प्रशंसा गरिन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले परिवारसहित युवाहरूले हेर्नुपर्ने र कर्मचारीले छुटाउनै नहुने चलचित्र भएको बताए ।

त्यसैगरी, चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले भ्रष्टाचारविरुद्ध अभियान भनी प्रचार गरिएको यस चलचित्रको प्रस्तुतिले पनि न्याय गरेको बताए ।

विशेष प्रदर्शनीमा सहभागीहरूले चलचित्र असाध्यै रमाइलोसँगै गम्भीर भएको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रमका संयोजक राजु पौडेलले सामाजिक अभियानका रूपमा बनेको चलचित्रको विशेष प्रदर्शन गर्नुअघि हलमा हेरेर निर्माण पक्षलाई भाविष्यमा पनि यस्तै काम गर्न हौसलाका लागि प्रदर्शन गरिएको बताए ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको चलचित्रमा मनोज गजुरेल, राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, रश्मी भट्ट, रवि डंगोल, सोनिया राई, उत्सव न्यौपाने, अमित पोखरेल, मानसी निरौला, प्रसिद्ध थापाको अभिनय छ । साथै यसमा कल्याण सिंह र जुगल डंगोलको संगीत रहेको छ ।

Loading...

LEAVE A REPLY