गत जेठ १४ गते संघीय समाजवादी फोरम र सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाबीच २ बुँदे सहमति भयो। जसअनुसार फोरम जेठ १८ गते सरकारमा सहभागी भयो। फोरमको भागमा परेका दुई मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामा उपेन्द्र यादव र शहरी विकासमा मोहम्मद इश्तियाक राईले जिम्मेवारी पाए। तर यी दुई मन्त्रीले मन्त्रालय सम्हालेको ८ महिना पूरा भएको छ। यी मन्त्रीले अझै सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। प्रधानन्त्री केपी शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपाल सरकारको मूलमन्त्र भएको र भ्रष्टाचारको जरैबाट अन्त्य गर्ने भनेको निकै लामो समय भयो तर प्रधानमन्त्री ओलीको क्याबिनेटमा रहेका यी दुई मन्त्रीले ८ महिना हुँदा पनि अझै सम्पत्ति विवरण सार्वजनिक नगर्नु भ्रष्टाचारलाई संरक्षण गर्नु हो भन्छन् ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मी। हिजो मात्रै ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा भ्रष्टाचारको पारो झन् चढेको जनाएको छ। यो वर्ष नेपाल भ्रष्ट मुलुकमा २ स्थान अझै खस्किएको जनाएको छ। साउन १८ मा कानुनमन्त्रीमा नियुक्त भएका भानुभक्त ढकालले पनि आफ्नो सम्पत्तिको विवरण अझै सार्वजनिक गरेका छैनन्। कानुनको पाठ सिकाउन र कानुनको निर्माणका लागि बनेका मन्त्रीले नै सम्पत्तिको विवरण लुकाउनु गैरजिम्मेवारी भएको ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मीको धारणा छ।
Fresh Now
महिनावारी हुदाँ पेट दुख्छ ? यी कुराहरूकाे सेवन गर्नुस् आराम मिल्छ
डा भोला रिजालमहिनावारी हुदाँ प्राय सबै महिलाहरुले केहिन केहि मात्रामा पीडा भएको अनुभव गरेकै हुन्छन् । महिनावारीको समयमा कतिपयलाई सामान्य पीडा हुन्छ भने कतिपय ...
शरीरमा पानी कम हुँदा देखापर्ने ११ लक्षणहरू
डा हेमराज कोइराला
भनिन्छ, पानी जीवनको आधार हो । धर्मशास्त्रदेखि विज्ञान सम्मले जीवनको उत्पत्ति पानीबाट नै सुरु भएको भन्ने तर्क पेश गरेका छन् । अझ...
भुसाल बने भन्सार विभागका महानिर्देशक, सुमन दाहाल अर्थको प्रवक्ता
अर्थ मन्त्रालयमा सहसचिवहरुको खटनपटन भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाललाई सरुवा गरेको छ । उनी यसअघि अर्थ मन्त्रालयको आर्थिक नीति...