अब अधिकारका लागि शहीद हुनु पर्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरमा रहेको शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छनन् । उनले देशमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताएका छन् ।

प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै उनले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गरेका छन् ।

उनले भने “सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ ।” मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने शहीदलाई सम्मान गर्न उनी लैनचौर पुगेका छन् । यही अवसरमा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here