नेपालमा राजनीतिक भ्रष्टाचार बढ्यो हेर्नुहोस कतिऔं स्थानमा छ नेपाल भ्रष्टाचारको सुचिमा

नेपालका सार्वजनिक निकायमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको अनुसन्धानले देखाएको छ। भ्रष्टाचार विरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको अनुसन्धानले नेपालमा सुशासनको अवस्थामा सुधार नआएको देखाएको हो।

विभिन्न ६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूको सर्वेक्षणमा आधारित ट्रान्सपरेन्सी इन्टरनेसनलको अनुसन्धान प्रतिवेदनले भ्रष्ट मुलुकहरूको सूचीमा नेपाल १२४ औँ स्थानमा परेको छ। नेपालले ३१ अंक पाएको छ।

१८० देशमा गरिएको अनुसन्धानले अफ्रिकी मुलुक सोमालियालाई सबैभन्दा भ्रष्ट मुलुकका रुपमा सूचीको अन्तिममा अर्थात् १८० मा राखेको छ। कम भ्रष्टाचार भएको मुलुकको सूचीको डेनमार्क एक नम्बरमा छ।
नेपाललाई १०० मा ३१ अंक दिइएको छ। गत वर्ष पनि नेपालको अंक ३१ नै थियो तर त्यतबेला १२२ औँ स्थानमा रहेको नेपाल अहिले ३१ नै अंक भए पनि १२४ औँ स्थानमा पुग्यो। अरु दुई देश भ्रष्टाचार घटाएर स्कोर बढाएका कारण नेपाल यस वर्ष झन् तल पुगेको हो।

दक्षिण एसियाली देशहरू मध्ये भुटान कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने अफगानिस्तान सबैभन्दा भ्रष्ट मुलुकको सूचीमा परेको छ। दक्षिण एसियाली देशहरूमा भुटान, भारत, श्रीलंका र पाकिस्तानभन्दा नेपालमा बढी भ्रष्टाचार रहेको देखिएको छ भने बंगलादेश र अफगानिस्तानभन्दा नेपालको स्थिति सुध्रिएको देखिएको छ। माल्दिभ्स र नेपाल दुबै समानअंकसहित सूचीको १२४ औँ स्थानमा छन्। चीनको भने नेपालको भन्दा राम्रो स्थिति छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here