एसपी टेक तामाङ : बन्दुक समाउने हातले कलम चलाउँदै

त्यतिबेला औँलामा गन्न सकिने विद्यार्थीहरु परीक्षामा उत्तीर्ण हुन्थे । परीक्षा अति कडा हुन्थ्यो । परीक्षा हलभित्र छिरेपछि दायाँबायाँ, यता उता कतैपनि हलचल गर्न नपाइने । अलिकति आवाज निकाल्नेबित्तिकै हलबाहिर पठाइन्थ्यो । हातमा कापी अनि प्रश्नपत्र आएपछि शान्त भई परीक्षा दिनुपथ्र्याे । अहिलेको जस्तो जमाना थिएन । त्यतिबेलाको समयमा भोजपुरबाट फस्र्ट डिभिजनमा उत्तीर्ण भएका ती विद्यार्थी थिए, टेक तामाङ । अर्थात्, हाल नेपाल प्रहरीको एसपी र गीतकार समेत रहेका उनले अन्य पाँच जना प्रथम श्रेणीमा उत्तीर्ण प्रतिस्पर्धी विद्यार्थीहरुलाई उछिन्दै जिल्ला टपर बने । भोजपुर नगरपालिका (तत्कालीन हेलौँचा गा.वि.स.) वडा नं–२ मा जन्मिएका हुन्, टेक तामाङ । २०४३ सालको एसएलसी (हाल एसइई) मा जिल्ला टपर उनी अहिले नेपाली संगीत क्षेत्रलाई तताइरहेका छन् । गीतकार तामाङले एक हजार गीत लेखिसकेका छन् । यहाँ उनैसँग संघर्ष र साहित्यिक यात्रामा ‘इन्ट्रि’ कसरी ? इडेभकर्मी लोकराज रुम्दाली र गणेश तामाङले गरेको कुराकानी प्रस्तुत छ :

संघर्ष
पिता भिमबहादुर तामाङ र माता फुलमाया तामाङको कोखबाट ०२७ मा जन्मिएका तामाङ्को जीवनका उकाली अनि ओरालोहरु सुन्दा अझैँ सुनौँ लाग्छ । उनको परिवार सामान्य स्तर (किसान) को थियो । छ दिदीबहिनी र तीन दाजुभाईमध्ये उनी कान्छो हुन् । प्राथमिक तहको अध्ययन कालिका निमावि (सात कक्षासम्म अध्ययन हुनुपर्ने भएपनि छ कक्षासम्म मात्र अध्ययन) बाट उत्तीर्ण गरे । कक्षामा सदैव प्रथम हुन्थे । त्यसपछि सात कक्षा अध्ययनका लागि छिमेकी गाउँ बोयाको महेन्द्रद्वय निमावि पुगे । निमावि तहको अध्ययन उत्तीर्ण गरेपछि माध्यमिक तह अध्ययनका लागि सदरमुकाम जानुपथ्र्यो । २००८ मा स्थापित विद्धदय माविमा आठ कक्षामा भर्ना भएर ०४३ मा जिल्ला टपर बन्न सफल भए । जिल्लाभर टेक तामाङ भनेपछि सबैले चिन्ने । यसरी माध्यमिक तहको अध्ययन पूरा गरेपछि उच्च तहमा कुन संकाय पढ्ने ? भन्नेमा उनी दोधार भएनन् । सीधै काठमाडौं प्रवेश गरे । पुल्चोकको इन्जिनियरिङ कलेजमा आएर इन्जिनियरिङ संकाय लिएर अध्ययन गर्न थाले । ०४३ देखि ०४६ सिभिल इन्जिनियरिङमा डिप्लोमा गरे । डिप्लोमा उत्तीर्ण गरेपछि ओभरसियरका रुपमा चार वर्ष खानेपानीमा पनि काम गरे ।

….त्यसपछि प्रहरीमा प्रवेश
०५० सम्म ओभरसियरका रुपमा जागिरे भई खानेपानीमा काम गरे । बाल्यकालमा यहिँ बन्छु भन्ने सोच नबनाएको बताउने उनी भन्छन्, ‘त्यतिबेला एसएलसीमा राम्रो अंक प्राप्त गर्नेले डाक्टर, इन्जिनियर, पाइलट बन्नुपर्छ भन्ने मानसिकता थियो । तर, मचाहिँ त्यो मानसिकताभन्दा पर रहेर इन्जिनियरिङ पढेँ ।’ डिप्लोमा तहमा ७३ प्रतिशत ल्याएर उत्तीर्ण भएका उनीभन्दा अघिका विद्यार्थीले चार प्रतिशत बढि ल्याएका थिए । डिप्लोमा उत्तीर्ण गरेपछि एकाएक उनको सोच बद्लियो । किन, किन इन्जिनियरिङ विषय नै लिएर स्नातक अध्ययन गर्न मन लागेन । निजी कलेजबाट कमर्श संकायमा भर्ना भई स्नातक तह उत्तीर्ण गरे । ओभरसिर जागिर खाने दौरानमै उनले स्नातक तह पनि उत्तीर्ण गरे । यहिँ क्रममा ०५२ मा राजधानीमा नेपाल प्रहरीमा भर्ना खुल्ला भयो । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदका लागि भर्ना आवेदन दिए । प्रतिस्पर्धाबाट छनौँटका हुनका लागि एक वर्षसम्म नजिता पर्खनुप¥यो ।

बन्दुक समाउने हातले कलम….
संसारमा कयौँ मानिसको भीडमा त्यस्ता संघर्षशिल र भाग्यमानी मानिसहरु पनि हुन्छन्, जो टेक तामाङजस्ता । उनले जता हात हाले उतै सफलता पाए । यसरी सफलता पाउनुको पछाडि आफ्नै गतिशिल संघर्ष नै रहेको उनी सुनाउँछन् । एक वर्षपछि प्रतिस्पर्धा छनौटको नतिजा प्रकाशित भयो । त्यो नतिजामा टेक तामाङको नाम पनि थियो । त्यसपछि उनको आजीवन जनताको सेवातिर मोडिन पुग्यो । नेपाल प्रहरीमा प्रहरी निरीक्षक भई सेवामा प्रवेश गरेका उनले थुप्रै जिल्लामा गएर जिम्मेवारी निर्वाह गरे । जतिबेला सशस्त्र द्वन्द्वले मुलुक आक्रान्त थियो । तर, उनले जागिर छाडेर भाग्ने कुनै सोच बनाएनन् । निरन्तर आफ्नो यात्रामा अडिग भई लागिपरे । हाल प्रहरी उपरीक्षक (एसपी)पछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को पर्खाइमा रहेका उनको जीवनका ती घुम्तिहरु सुन्दा जो सुकैलाई हौसला र प्रेरणा मिल्छ । हाल उनी सामाखुसी पहरेदार गढमा कार्यरत छन् । उनको जीवन सुन्नेहरुका लागि अर्काे रोचक कुरा त के हो भने– देश विखण्डन गर्न खोज्ने शत्रुको नाम निशान हटाउन हातमा बन्दुक समाउनेहरुको मन कति हृदयस्पर्शी हुँदारहेछ ? उनको एक परिचय छैन अर्थात् नाम एक, पहिचान अनेक । उनी कलमको सहायताले शब्दहरुलाई माला उनेर गीत बनाउँछन्ले/लेख्छन् । राष्ट्रिय, लोक, आधुनिक शैलीका हजारभन्दा बढी गीत लेखिसकेको एसपी तामाङको भर्खरै मात्रा बजारमा चौथौँ ‘नाता’ एल्बम सार्वजनिक भएको छ । एल्लबममा आठ वटा संग्रहित छन् । नाता एल्बमका गीतहरुमध्ये ‘तिमीलाई माया गर्छु’ बोलको गीतको म्युजिक भिडियो युट्युबमार्फत् हेर्न सकिनेछ । सदाबहार स्वरकी धनी अन्जु पन्तको स्वरमा रहेको सो म्युजिक भिडियो लगायत अन्य गीतमा चर्चित गायिका मेलिना राई, गायिक संगिता राणा प्रधान, जिना रसाइली, दीपा लामा र आङ्मु लामा शेर्पाको स्वर सुन्न सकिनेछ । फिमेल भर्जनमा मात्र गाइएको उक्त एल्बमका गीतमा अर्जुन पोखरेल, किशोर खतिवडा, कन्काइष्ट राई, पावल चाम्लिङ र बुद्ध स्याङ्बा लामाले संगीत भरेका छन् ।

एसपी तथा गीतकार टेक तामाङ युवा अवस्थामा

साहित्यमा ‘इन्ट्रि’ ?
हातमा गोलीगठ्ठासँगै हातमा कलम लिएर संगीतमाचाहिँ कसरी ‘इन्ट्रि’ गर्नुभयो ? जतिबेला उनी स्कुले तहका विद्यार्थी थिए, अध्ययनसँगै खुबै गीत, संगीत सुन्थे । स्वर तिखारिएको होस् या नहोस् रेडियो नेपालबाट गुन्जिने राष्ट्रिय ओतप्रेत गीत, आधुनिक (स्वर सम्राट नारायण गोपाल, गोपाल योन्जन, अरुणा लामालगायत) गीतहरु सुनेर गुनगुनाउँथे । विद्यालयमा अध्ययन गर्दा छुट्टिको समयमा उनी पुस्तकालय छिर्थे । पुस्तक हेर्थे । कक्षाको विषय अनुरुपभन्दा बाह्य पुस्तक बढी अध्ययन गर्थे । बाह्य पुस्तकअन्तर्गत साहित्यिक पुस्तक उनको रोजाइमा पथ्र्याे । यसरी स्कुले जीवनदेखि नै साहित्यिक अध्ययनको लतले कालान्तरमा उनलाई दर्जनौँ साहित्यिक पुरस्कार पनि प्रदान गरायो । अहिले उनको कोठाका दराज पुरस्कारले सजिएका छन् । साहित्यिक अध्ययनकै दौडानमा गीति लेखनतर्फ झुकाव बढाएका उनी जतिबेला पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत थिए । क्याम्पसको वार्षिकोत्सबमा उनले कथा, कविता वाचन गरेपछि पुरस्कृत पनि भएका थिए । क्याम्पसबाट प्रकाशित हुने मुखपत्रमा उनले थुप्रै साहित्यिक लेखहरु पनि लेखे । उनी भन्छनु, ‘यसरी नै गीति लेखनतर्फ पाइला मोडे । प्रहरीमा जागिर सुरु गरेपछि थुप्रै उतारचढावहरु भए । आफूले देखेको र भोगेका दिनहरुलाई राष्ट्रिय गीतमा शब्दमार्फत् लेखे ।’ प्रहरी भन्नेवित्तिकै आन्दोलन, गुण्डागर्दी गर्ने अपराधीहरुलाई पक्रने मात्र बुझिन्छ । यसकारण पनि प्रहरीलाई कठोर मन भएका जुँगे हल्दार भनिन्छ । तर, एसपी टेक तामाङको अनुभवले यो स्वीकार्दैन । उनका अनुसार प्रहरी भनेको सर्वसाधारण नै हो । अझ भन्नुपर्दा सबैको साथी हो । ०५२ मा प्रहरी सेवामा जागिर सुरु गर्नुपूर्व थुप्रै कथा, कविता तथा गीतहरु लेखेका उनले जागिरको दौडानले आफूले सोचेको जति लेखनयात्रालाई निखार्न सकेनन् । तर, साहित्यिक लेख्न यात्रालाई भने निरन्तरता दिइरहेका छन् । तालिमको क्रममा साथीहरुलाई आफूले लेखेको गीत सुनाउँथे । यद्यपि, ०५५ देखि लेखनयात्रा सुस्त भयो । उनी भन्छनु, ‘प्रहरी सेवामा छिरेपछि खेलकुद विद्यातर्फ विशेष फोकस गर्नुपर्ने हुनाले साहित्यिक लेखनतर्फ ध्यान दिन सकिएन । तर, त्यतिबेला आफूले कलम चलाउन नपाएपनि प्रहरी कार्यालयबाट प्रकाशन हुने पत्रिकाहरुका सम्पादन पनि गरे । भरतपुर तालिम केन्द्रमा रहँदा छ÷छ महिनामा प्रकाशन हुने पत्रिका ‘तालिम दर्पण’ को सम्पादन पनि गरेको अनुभव छ । रुुकुमाम रहँदा ‘सिस्ने’ पत्रिकाको पनि सम्पादन गरे । यसरी यो अवधिमा मैले व्यवसायिक कामहरु गरे भनौँ न ।’ ०६६ मा शान्ति सेनाका लागि भनेर इस्टिमोर (पूर्वी) गएको बेलामा साहित्यिक लेखन यात्रालाई बढाउने मौका पाए । साथी राजन अधिकारी, स्वर्गीय किशोर खतिवडाले गीत लेख्नलाई प्रोत्साहन दिइरहे । एसपी÷गीतकार तामाङ यी दुई साथीहरुको गुण कहिल्यै बिर्सदैनन् ।

सदाबहार गीतहरु
नभन्दै ०६७ मा देशभक्ति भावले ओतप्रोत गीतहरुलाई किताबकै रुपमा प्रकाशित भयो । जसमा आधुनिक, भजन गीतलगायत थुप्रै गीतहरु समावेश जसमा आधुनिक, भजन गीतलगायत थुप्रै गीतहरु समावेश छन् । ०६७ मै ‘स्वदेश’ गीति संग्रह, ०६९ मा ‘जीवनसाथी’, ०७० मा ‘आमा’ र ०७५ मा ‘नाता’ एल्बम सार्वजनिक भएका छन् । उनका अनुसार सबै एल्बमका गीतहरु गन्दा ३० वटा रहेछन् । यी गीतमध्ये आठ वटाको भिडियो पनि बनेको छ । चलचित्र बिन्दास–२ को ‘माया गरेर हेर’, र चलचित्र द गेममा ‘घुम्टो ओढी’ पनि तामाङ्को गीत अटाएको छ । हाल रेकर्ड नभएका तर लेखेर सुरक्षितका साथ दराजमा राखिएका गीतहरु एक सयको हाराहारीमा रहेका छन् । अब, समय अनुकूल मिल्नेबित्तिकै यी गीतहरु पनि सार्वजनिक गर्ने सोच उनको रहेको छ । सार्वजनिक हुन बाँकी रहेका ती गीतहरु आधुनिक, राष्ट्रिय, भजनले भरिपूर्ण छन् । हाल प्रकाशित ‘नाता’ गीति एल्बमका गीतसहित गरि एसपी तामाङले एक हजार गीतहरु लेखिसकेका छन् । गीति एल्बम ‘स्वदेश’ मा रहेका आठ वटा गीतहरु सदावहार छन् । राष्ट्रिय गीतअन्तर्गतको ‘मै खुकुरी’ र चर्चित गायक शिव परियारले गाएको ‘ठूलो सानो जातै छैन’ ले १४औँ इमेज अवार्ड पनि प्राप्त गर्न सफल भयो । त्यस्तै, जीवनसाथीको एल्बममा रहेको ‘गुराँसको थुँगाजस्तै’, ‘जीवनसाथी यस्तो..’ गीतहरुले बजार तताएकै हो । ०७० को ‘आमा’ एल्बममा रहेको ‘आमा’ गीतले पनि दर्शकको मन औँधी जित्न सफल भयो । यो जतिबेला सुनेपनि ओजपूर्ण रहेको छ । यहिँ एल्बममा खेलाडीलाई प्रेरणा दिने किसीमका गीतहरुलाई चर्चित गायक निमा रुम्बाले स्वर दिएका छन् । यस्तै, हाल सार्वजनिक भएको ‘नाता’ एल्बममा आठ गीतहरुमध्येको ‘नजिक यति भएर पनि..’ गीतले युट्युबमा तहल्का पिटेको छ । मेलिना राईको स्वरमा रहेको उक्त गीतलाई साढे दश लाखले बढीले रुचाएका छन् ।

संगीत के हो ?
साढे दुई दशकदेखि गीत÷संगीतमा क्षेत्रमा जमेका उनी संगीतलाई अथ्र्याउने त्यस्तो खालको शब्दको कमी देख्छन् । जो सुकैलाई रुवाउँने, भावुक बनाउने सिर्फ संगीतको सहायताले गीतले गर्दछ । जो कोहीले आफूले देखेका, भोगेका यथार्थलाई भावनाद्वारा शब्दमार्फत् गीतमा ढालिने उनी सुनाउँछन् । उनकै शब्दमा भन्नुपर्दा सबै कविता गीत कविता होइनन् तर, सबै गीत कविता हुन् । यसरी समग्र गीतमा सम्पूर्णता पाइने र गीतलाई अझ सुमधुर बनाउन संगीत भर्ने गरिने उनी सुनाउँछन् । यसरी गीतबिना संगीत र संगीतबिना गीतको अर्थ अपुरो रहेकाले गीतलाई गुञ्जयमान बनाउनका लागि दुवैको अतुलनीय योगदान रहेकाले आफूसँग दुईको वर्णन गर्न त्यस्तो शब्दको कमी देख्छन्, तामाङ । स्वरसम्राट नारायण गोपाल र गोपाल योन्जनको युगलाई संगीत क्षेत्रको ‘स्वर्ण युग’ भनेर चिनिन्थ्यो । ती युगदेखि अहिलेको युगसम्म आइपुग्दा संगीत क्षेत्रले थुप्रै चुनौतीका बाटाहरु छिचोलेर आएको उनी सुनाउँछन् । यद्यपि, जो कोही पनि कसैका प्रशंसक हुनु स्वभावकै बताउने उनले आगामी दिनमा स्वर्ण युगमा गाइएका ती नारायणगोपाल र गोपाल योन्जन शैलीका गीतहरुलाई निरन्तरता दिने पनि सुनाए । जुन गीतहरु नेपाली सांगितिक क्षेत्रमा सदाबहार छन् । सबै जनजनको मनमस्तिष्कमा अमिट भई कम्प्युटरको फोल्डरझैँ सुरक्षित छन् । उनी भन्छन्, ‘०३५ देखि ०५० सम्म आइपुग्दा नेपाली संगीतको क्षेत्र फ्युजनमा नगएको तर, त्यसपछि भने गीत संगीतले फ्युजनको रुप लिएको देखिन्छ । यसरी संगीत क्षेत्रमा व्यापक परिवर्तन भएको छ । जसभित्र सकारात्मक र नकारात्मक पनि भएका होलान् ।’ नेपाली गीत अन्तर्राष्ट्रियीकरण हुनु सकारात्मक पाटो रहेको तर, अरुको नक्कल गरेर अझ राम्रो देखाउने ढर्रा अपनाउँदा मौलिकता गुम्ने खतरा उनी देख्दछन् । साथै, अन्य त नेपाली संगीतले समस्या भन्दा पनि अवसरको रुपमा आफूलाई चिनाइरहेको र मौलिक रुपमा यो क्षेत्रमा आउन चाहने जो सुकैलाई उत्तिकै स्वागत रहेको पनि उनी सुनाउँछन् ।

अबको यात्रा…
अन्त्यमा, अबको सांगीतिक यात्रा कस्तो बनाउने सोचमा हुनुहुन्छ ? ‘सांगीतिक तथा गीति यात्रा मेरो उहिँ रुपमा निरन्तर अघि बढिरहनेछ । राष्ट्रिय, भजन र पछिल्लो समय उहिँ सदावहार सुगम संगीत आधुनिक गीतलाई नै अँगाल्ने बाचा गरेको छु ।’ नातापछि तत्काल अर्काे एल्बम निकाल्ने योजना नरहेको र कम्तिमा दुई वर्षसम्म ‘नाता’ एल्बमको प्रतिक्रिया कुर्नै पर्ने भएकाले त्यसपछि मात्र बाँकी योजनाहरुलाई अघि बढाउने उनको सोच छ । जनताको सेवामा दिनरात नभनी तल्लीन रहँदै गर्दा बचेको समयलाई गीति लेखनमार्फत् आफूलाई फरक रुपमा चिनाउन सफल एसपी तथा गीतकार तामाङको बाँकी सांगीतिक यात्राले पनि यसरी नै शिखर चुमोस् । हाम्रोतर्फबाट अग्रिम शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here