मरुभूमिमा सुन फलाउन सकिन्छ भने यहाँ के असम्भव छ ?

मुलुकमा चाहिने पहिलो क्रान्ति के होला ? राजनीतिक, आर्थिक, सामाजिक र शैक्षिक । सबै क्रान्ति एक से एक छन् । र, उत्तिकै जरुर पनि । यहिँ क्रान्ति सफल पार्छु भन्दै उनी धेरै वर्ष सपनानगरी काठमाडौंमा बसे । अध्ययन पनि गरे । देश, विदेश पनि घुमे । अन्तमाः निष्कर्ष निकाले संबृद्धिको पहिलो आधार/औँजार ग्रामिण कृषिमा परिवर्तन नै रहेछ । र, उनले आफ्नो बाटो तताए । काठमाडौँदेखि गाउँतर्फ । हो, सयौँ रोपनी बाझो जमिनको भूउपयोग गर्दै कृषि व्यावसायिक क्रान्तिमा लागेका जुझारु युवा किसानकुमार राईले गरे के असम्भव हुन्छ ? भन्ने कुराको प्रमाणित गरेका छन् । ओखलढुंगा माम्खा डाँडागाउँमा विगत केहि वर्षदेख ग्रामिण कृषि क्रान्तिमा सक्रिय उनले रुद्राक्ष, बोधिचित्त, पाउलोनिया, पेपिनोमेलन, अम्रिसो लगायतका विभिन्न प्रजातिका उत्पादनमुलक नगदेवाली एक सय भन्दा वढी क्षेत्रफलमा लगाएका छन् ।

पाउलोनिया खेतीको गोडमेल गर्दै राई

राम्रो उत्पादन्मुख अवस्थामा रहेको आधुनिक कृषि व्यवसायबाटउनले स्थानीय केहीलाई मौसमी रोजगारी समेत दिएका छन् । व्यक्तिगत लगानीबाट सुरुवात गरेको अम्रिसो, कुचो खेतीले स्थानीय स्तरमा बजार अभावका कारण तयारी वस्तु तथा सेवा काठमाण्डौतिर बजारीकरण गर्ने गरेका छन् । परम्परागत जीविकोपार्जनका हिसावले गरिने ग्रामिण कुषि व्यावसाय, तुलनात्मक रूपले कम उत्पादन हुने, पारिश्रमिक नउठ्ने अनि बढ्दो वैदेशिक रोजगारिका आकर्षणले श्रमशक्तिको अभावमा अधिकांश उत्पादनयोग्य जमिन बाझो पल्टिन गएको बेमौसमी वर्षा, प्रकोप र जलवायु परिवर्तनले कृषि उत्पादन (मकै, कोदो, गहुँ) न्युन भएको केवल जीबिकोपार्जन भएकोले व्यवसायिक उत्पादनमुखी कृषि क्रान्तितर्फ लागेको उनको भनाइ छ ।

सिजनअनुसार विभिन्न ठाउँबाट (काठमाण्डौ, काभ्रे) अनेक प्रजातिका बिरुवाहरु आयात गरेर वर्षेनी थप्ने गरेको बताए । प्राविधिक ज्ञान लिएर ग्रामिण क्षेत्रमै परिश्रम गरे विदेश भन्दा कम आयश्रोत नहुने ग्रामिण विकासमा सहयोग पुग्ने अर्थतन्त्र समृद्ध हुने र नेपाली श्रमशक्तिले मरुभूमि हराभरा बनाउनुको सटटा आफनो मुलुक गाउ ठाउमा परिश्रम गर्न विदेशिएका युवाहरुलाई आग्रह गर्छन। जिविकोपार्जन परम्परागत कृषि प्रणाली छोडेर आधुनिक व्यवसायिक कृषि क्रान्तितर्फ लाग्न ग्रामिण आमजनमानसमा चेतनाको वृक्षरोपण समेत गने गरेका छन् । बौद्धिक तथा व्यवहारिक रुपले परिपक्व राई राजनीतिज्ञ पनि हुन् । आदर्शको राजनीति गर्न रुचाउने उनी वैज्ञानिक ग्रामिण कृषि क्रान्ति तथा व्यवसायिकरणतर्फ तल्लिन छन् । यद्यपि, उनी एक सफल राजनीतिज्ञ तथा उद्यमीका रुपमा आफूलाई उभ्याउन तत्पर छन्।

हङकङ, पाकिस्तान, दक्षिण कोरियाजस्ता मुलुकको औपचारीक भ्रमणबाट कृषि सम्वन्धि विभिन्न ज्ञान अनुभव प्राप्त गरेका राई राजनीतिमा पनि विद्यार्थी कालदेखि नै सक्रिय छन् । उनले त्यहाँ घुम्दै गर्दा पहिलो क्रान्ति कृषिबाटै भएको थाहा पाए । हो, पनि । अनेस्ववियु केन्द्रिय सदस्य हुँदै, हाल नेकपा (एमाले र माओवादी) पार्टी को ओखलढुङगा जिल्ला कमिटी सदस्य एवम् चिसंखुगढी गाउपालिकाको संयोजकको कुशल जिम्मेवारी हाँकिरहेका छन । भूगोल राजनीति ,स्थानीय राजनीति तथा समाजसेवी र ग्रामिण विकासमा समेत प्रभावकारी भुमिका खेलेका छन् । राजनीतिसहित कृषिमा आमूल परिवर्तन गर्ने उनको लक्ष्य छ ।

कृषि एक सामाजिक उद्यम हो । संस्कृति पनि हो । राजनीतिक अर्थनीतिसँग जोडिएको सवाल पनि हो । कृषिको विश्लेषण कुनै एक तर्फि वा एक कोणबाट मात्रै गरेर हुँदैन । अहिले कृषिको विश्लेषण प्राविधिक आँखाबाट मात्रैभन्दा समग्र सामाजिक र सांस्कृतिक आँखाबाट गर्न जरुरी छ । उत्तम खेती मध्यम व्यापार, निकृष्ट नोकरी आजभन्दा धेरै पहिलाको स्थापित मान्यता हो । यो स्थापित मान्यता अहिले उल्टिएको छ ।

सबैभन्दा विकल्पहीन पेसा कृषि बनेको छ अर्थात् मानिस अरु पेसामा संलग्न हुन सक्दासम्म कृषिमा संलग्न हुन खोज्दैनन् । आखिर किन हाम्रो समाजमा कृषि यसरी अपहेलित भयो ॽ नेपाली कृषिको समस्या प्राविधिक हो या राजनीतिक हो ॽ कृषिप्रधान देशको एउटा राजनीतिज्ञले कृषि ब्यवसाय गर्नु हुदैन ॽ अहिलेसम्म छ्यांग बहस भएको छैन । नेपाली युवाहरु दिन प्रतिदिन विदेशीन बाध्य छन्, केवल बेरोजगारकै कारण । यहाँ त्यस्ता उद्योग तथा कलकारखानाहरु स्थापना भएका छैनन् । हामीसँग सुन छ, सबथोक छ । तर, हामीले आफ्नो महत्व थाहा पाउन सकेका छैनन् । मरुभूमीमा सुन फलाउन सकिन्छ भने यहाँ के असम्भव छ ? हो, अहिले राईजस्ता थुप्रै युवाहरु कृषि क्रान्तिमा होमिइरहेका छन् । त्यसमध्ये एक हुन्, किसानकुमार राई ।

प्रस्तुतकर्ता : दधिराम खतिवडा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here