पूर्व राजा ज्ञानेन्द्रको सक्रिय देश दौडाहा : सिमरा हुदै झापा पुग्ने

पूर्व राजा ज्ञानेन्द्रले देश दौडाहा तिव्र पारेका छन् । पोखराबा राजधानी फर्किएको महिना दिन नबित्दै उनी आज सिमरातिर प्रस्थान गर्दैछन्। पूर्व राजा ज्ञानेन्द्र निकट स्रोतका अनुसार उनी आज अपरान्ह ४ बजे सिमरा प्रस्थान गर्ने कार्यक्रम छ । पूर्व राजा ज्ञानेन्द्र पत्नी कोमलसहित सिमरा प्रस्थान गर्न लागेका हुन् ।
पत्नी कोमल शाहसँग पूर्वराजा शाह सिमरा जान लागेका हुन् । उनी चार बजे सिमरा अवतरण गर्नेछन् ।

पूर्वराजा ज्ञानेन्द्र त्यहाँ एक हप्ता रहने कार्यक्रम तय भएको छ । उनले त्यहाँ आफ्ना शुभचिन्तकहरुसँग समय बिताउने एंव धार्मिक कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ । त्यसलगतै उनी स्थलमार्गबाट झापाको दमक पुग्नेछन् । जहाँ पूर्वराजा ज्ञानेन्द्रको चियावगान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here