नेविसंघका दर्जनबढी कार्यकर्ता ठाउँठाउँबाट पक्राउ, को को परे ?

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ ।
चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारसँग क्रूद्ध बनेको छ ।
नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको छ ।
नेविसंघका नेता तथा कार्यकर्ताहरुले गरेको प्रदर्शनका कारण केहीबेर पशुपति क्याम्पसअगाडिको सवारी आवागमनसमेत प्रभावित बनेको थियो । बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।
नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले दिएको जानकारी अनुसार पवन थापा, सन्तोष गुरुङ, किरण भट्टराई, परोपकार अधिकारी, सन्तोष अधिकारी, सुवास अधिकारी, राजु अधिकारी, उत्तम पाठक, चन्द्र रावत, मातृकाप्रसाद उपाध्याय, धनबहादुर शाही, दिपेन्द्र ढकाल, सुसान्त सिटौला, बासुदेव अधिकारी र सिलास थापा पक्राउ परेका हुन् । साथै ग्रामिण एन आर कलेज अगाडिबाट विरोध गर्न सुरु गर्ने बित्तिकै प्रहरीले उनीहरुलाई समातेको थियो ।
विद्यार्थीहरुले नेपाली काँग्रेसका दुई पूर्व सभापति एवं पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका दुई अस्पताललाई ओली नेतृत्वको सरकारले नियतवश केन्द्र सरकार मातहतमा नराखेपछि आन्दोलन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here