सरकारले कर्मचारी समायोजन प्रक्रिया टुंग्याए लगतै हजारौंको संख्यामा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ । जस्का लागि सरकारले लोकसेवा आयोगलाई तयारीमा रहन निर्देशन सकेत दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ महिना भित्रैमा कर्मचारी समायोजन प्रक्रिया टुग्याउने बताउँदै आएको छ । संघ,प्रदेश र स्थानीय तहको कर्मचारी समायोजन प्रक्रिया टुग्याएसँगै २० औं हजारको संख्यामा नयाँ कर्मचारी भर्ना गर्ने सरकारको तयारी छ ।
तीनै तहमा झण्डै २० हजार कर्मचारी अपुग हुने देखिएकाले परिपूर्ति गर्नका लागि २० हजार हाराहारीमा नयाँ कर्मचारी भर्ना गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनाए ।
मन्त्री पण्डितले् सरकारले छिट्टै २० हजार फ्रेस कर्मचारी भर्ना गर्ने बताएका छन् ।यो माघ महिनाभित्रैमा कर्मचारी समायोजन टुंग्याउने र फागुनभित्रैमा नयाँ कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाउने मन्त्री पण्डितको भनाई छ ।
मन्त्री पण्डितका अनुसार, आगामी फागुनभित्र सरकारले नयाँ २० हजार निजामती कर्मचारी माग गर्न लागेको जानकारी दिए । केन्द्र, प्रदेश र स्थानीय तहमा गरी २० हजार नयाँ कर्मचारी भर्ना गर्ने सरकारको तयारी रहेको छ ।
नेपाल यातायात महिला चालक समूहद्वारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले केन्द्र, प्रदेश र स्थानीय तहमा संघीय लोकतान्त्रिक प्रणाली व्यवस्थित गर्न उक्त संख्यामा कर्मचारी आवश्यक पर्ने बताए।
उनले माघ महिनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गर्ने र त्यसपछि तीनै तहलाई आवश्यक कर्मचारी लोकसेवाबाट पदपूर्ति गरिने जानकारी दिए।