मुठभेडतर्फ मुलुक

राजधानीबाट प्रकाशित शनिबारका सबैजसो राष्ट्रिय दैनिक अखबारहरुले अबरोध र बिरोधकाबीच चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरिएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

विपक्षी दल कांग्रेसले रोष्टम घेराउ, नाराबाजी र होहल्ला गरिगरहदा त्यसलाई वेवास्ता गर्दै सभामुख कृष्णबहादुर महराले संसदको कारबाही अघि बढाएका थिए ।

उनले सत्तापक्षको इरासामा विधेयकलाई प्रक्रियामा लगेपछि मुठभेडको अवस्था देखापरेको थियो । यद्यपी मर्यादापालकले स्कर्टिङ गरेर शिक्षामन्त्रीलाई रोस्ट्रममा पुयाए पछि यसको खतरा कम भएको थियो । मन्त्री ड्यासमा पुगेपछि बलजफ्ती विधेयक पारित गर्ने काम भयो । जसले संसदीय इतिहासमा अर्को गलत नजिर बसाएको छ।

यसैविषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले अवरोधबीच विधेयक पारित शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले बलजफ्ती विधेयक शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले मार्सल लगाएर चिकित्सा शिक्षा विधेयक पारितः मुठभेडतर्फ मुलुक शीर्षकमा मुख्य समाचार छापेको छ ।

नागरिकले समाचारमा लेखेको छ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ । सरकारले जबरजस्त विधेयक पारित गरेसँगै यसले सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलबीचको दुरी बढेको छ ।

यो विषय बाहेक नागरिकले धामीझाँक्रीले नै भत्काउन थाले छाउगोठ शीर्षकमा खबर छापेको छ भने कान्तिपुरले साइबर रेपको पासो शीर्षकमा खबर लेखेको छ । अन्नपूर्ण पोस्ट्ले जन्ती बसमा करेन्ट लाग्दा ७ जनाको मृत्यु भएको विषयलाई महत्वका साथ छापेको छ ।

आजको नयाँ पत्रिका दैनिकले भने शिथिल हुँदै गएको विधार्थी आन्दोलनको विषयलाई मुख्य समाचार बनाएको छ ।

मुझार्यो विद्यार्थी आन्दोलन शीर्षकमा खबर लेखेको उसले हिजोका दिनमा व्यवस्था ढाल्न सक्रिय बनेका विद्यार्थी संगठन आज तितरबितर भएको उल्लेख गरेको छ । विधार्थी संगठनहरु दिशा बिहिन मात्रै भएका छैनन् संगठन भित्रको लडाइका कारण पनि कमजोर बनिरहेको नयाँ पत्रिकाले लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here