अन्तत: कानुनी रुपमै विवाह बन्धनमा बाधिए रवि लामिछाने र निकिता पौडेल

झण्डै एक बर्ष अगाडिदेखि प्रेम सम्बन्धमा रहेका रवि लामिछाने र निकिता पौडेल कानुनी रुपमा विवाह गरेका छन् । काठमाडौं जिल्ला अदालतमा पुगेर आजै उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई कानुनी रुपमा विवाहमा बदलेका हुन् ।  

 गत मंसिरमा मात्र रबिले हाल अमेरिकामा बस्दै आएकी पहिलो श्रीमती ईशा श्रेष्ठसँग सम्बन्ध विच्छेद गरेका थिए ।  रवि र इशाबीच २५ वर्षअघि बिहे भएको थियो । रविको जेठी श्रीमतीसँग दुईवटी छोरी छन् भने अमेरिकी युवतीसँग एक छोरा छन् । अमेरिकी युवतीसँग रवि ६/७ वर्षसँगै बसेका थिए । यो कुरा रवि आफैंले स्वीकारेका छन् । २ वटा श्रीमती छाडेर रविको यो तेश्रो विवाह हो । 

गत मंसिरमा मात्र ईशाले रविसँग सम्बन्ध विच्छेद गरेसँगै निकितासँग विवाह गर्न लागेको खबरले बजार गर्माएको थियो । उक्त समयले रवि र निकिताले आफूहरु अससल साथी मात्र भएको भन्दै बचाऊ गर्दै आएका थिए ।  संचारकर्मी रवि लामिछाने चाबहिलस्थित अम्बे अर्पाटमेन्टमा बस्दै आएका छन् । त्यही अर्पाटमेन्टमा बस्छिन चलचित्र विकास वोर्डको अध्यक्ष निकिता । यो त्यही अर्पाटमेन्ट हो जहाँ नायिका रेखा थापा पनि त्यही रहँदै आएकी छिन् । 

 निकिता चलचित्र विकास बोर्डकी अध्यक्षका अलवा  गोपीकृष्ण हलको सञ्चालक उद्धव पौडेलको छोरी हुन ।  

कतिसम्म भने जतिखेर निकितालाई केपी ओलीको सरकारले अध्यक्ष पदबाट हटाएको थियो त्यतिबेला निकिताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी पत्र लेखेकी थिईन । जुन पत्र भाइरल बनेको थियो । र उक्त पत्र उनै रविले लेखिदिएको चर्चा पनि सिने वृत्तमा हल्ला नचलेको होइन् । त्यही समयदेखि नै रवि र निकिता प्रेम सम्बन्धमा रहेको चर्चा सिने वृत्तमा चल्दै आएको थियो । 

अन्तत हल्ला सत्य साबित भएको छ । दुबैतर्फका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आजै  निकिता पौडेल र रबि लामिछानेले काठमाडौं जिल्ला आदालतमा पुगी विवाह दर्ता गरेका हुन् ।  परम्परागत रुपमा भने रविले आगामी वैशाखमा निकितासँग विवाह गर्ने रविको भनाई छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here