सजिलैसँग कसरी भर्ने कर्मचारी  समायोजन फाराम ? (उदाहरणसहित) 

कर्मचारी समायोलजन प्रक्रिया सुरु भएको दश दिन बितिसकेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा जानका लागि फाराम भर्नका लागि कर्मचारीहरुलाई आह्वान गरेको हो ।  समायोजनमा निजामतीतर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र विभिन्न संगठित संघसंस्थाका झन्डै २ हजार गरी १ लाख ६ हजार कर्मचारी सहभागी हुने जनाइए पनि हालसम्म ३२ हजार कर्मचारीहरुले समायोजन फाराम भरिसकेका छन् ।  मन्त्रालयका अनुसार  समायोजन सफ्टवेयरमा शुक्रबारसम्म देशभरका ३२ हजार कर्मचारी जोडिएका छन् । तीमध्ये १० हजार कर्मचारीहरुले मात्र समायोजन हुन चाहने तह उल्लेख गरेका छन् । अधिकांश कर्मचारीहरुले संघ नै रोजेका छन् । 
 

कसरी भर्ने त फाराम ? 

कर्मचारीले अनलाइनमार्फत् पनि फाराम भर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त फाराम सिधै मन्त्रालयले तयार गरेको समायोजनसम्बन्धी सफ्टवेयरमा इन्ट्री हुने जनाइएको छ  । 

त्यस्का लागि सबैभन्दा पहिला  http://www.samayojan.gov.np डब्लु डव्लु डव्लु डट समायोजन डट जिओभी डट एनपीमा जानुपर्दछ । जसरी तपाई फेसबुकको खाता खोल्नुहुन्छ । उस्तै ढंगले केही चरणहरु पार गरेपछि तपाईको समायोजन खाता खुल्नेछ । र त्यही खातामा गएर तपाईले त्यहाँ माग गरे बमोजिमका विवरणहरु भर्दै जानुपर्ने हुन्छ । 


उक्त साइडमा क्लिक गरेसँगै निजामती वा अन्य कुन कर्मचारी हो त्यहाँ क्लिक गर्नुपर्नेछ ।

 

 
त्यसलगतै कर्मचारी समायोजन प्रणालीमा सामेल हुनका लागि नाम र  पासवर्ड हुनु आवश्यक छ । 


नाम  र पासपोर्ट त्यहाँ टाइपगरेसँगै तपाईको संकेत नम्बर,जन्म मिति र सरकारी सेवा प्रवेश गरेको मिति इन्ट्री गर्नुपर्ने हुन्छ । 

यो फाराम भरेसँगै तपाईको मोवाइल नम्बरमा एउटा कोड नम्बर पठाइन्छ । 

उक्त भेरिफिकेसन कोड त्यहाँ तपाईले ईन्ट्री गरेसँगै समायोजनको लागि अर्काे फाराम आँउछ । 


उक्त फाराममा तपाईको जन्ममिति,स्थायी ठेगना (जिल्ला),स्थायी ठेगना (स्थानीय तह),हालको पद,हालको श्रेणी,हालको कार्यालय र हालको पदमा नियुक्तीको निर्णय भएको मिति,हालको पदभन्दा अघिल्लो पद वा श्रेणीमा नियुक्तीका लागि निर्णय भएको मिति भर्नुपर्ने हुन्छ । 

यो पश्चात तपाईको पती वा पत्नी सरकारी सेवामा भए उहाँको कोड नम्बर पनि र जन्ममिति त्यहाँ समावेश गर्नुपर्नै हुन्छ । 


यस पश्चात तपाईले  समायोजन भएर जान चाहेको ठाउँ संघ प्रदेश वा स्थानीय तह कुन हो त्यो उल्लेख गर्नुपर्दछ ।

 
यो पश्चात हरियो बटम खिचेर तपाइले आफ्नो विवरण पेश गर्न सक्नुहुनेछ । तपाईले पेश गर्नुभमएको उक्त विवरण सफट्वेयरमा इन्ट्री हुनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here