‘तपस्वी’ बम्जनलाई कारबाही गर्न सांसदको माग

बारा रत्नपुरीको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनले आनी बन्न गएकी किशोरी माथि पटक पटक बलात्कार गरेको खुलासा भएपछि उनीबारे छानबिन गरी कारबाहि गर्न सांसदले माग गरेका छन् ।
बलात्कार तथा हत्या आरोप लागेका तपस्वी भनिएका रामबहादुरबारे छानबिन गरी कारबाही गर्न सत्तारूढ दलकी सांसद विमला विकले माग गरेका छन्।

बिहीबार जारी प्रतिनिधि सभाको संसद बैठकमा बोल्दै सांसदले यौन हिंसा गरिएको तथा बेपत्ता बनाइएको भन्ने खबर आइरहेकोप्रति ध्यानाकर्षण गराउँदै कारबाही गर्न सरकारसँग माग गरिन्।

सांसद विकले भनिन्,‘तपस्वीको भेषमा बलात्कार र तीन आनीलाई बेपत्ता पारेका समाचारहरू आइरहेका छन्। त्यसैले उनीमाथि छानबिन गरी कारबाही होस्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here