यज्ञराज सुनुवारको गुनासो :  संसदको कुर्ची युकेजीको विद्यार्थीको जस्तो भयो 

  प्रतिनिधिसभाको सभाहलमा रहेका कुर्ची युकेजीमा पढ्ने विद्यार्थीका लागि जस्तो भएको सांसदले गुनासो गरेका छन् ।बिहीबारको संसद बैठकमा सांसद यज्ञराज सुनुवारले संसदहलको कुर्ची युकेजीमा पढ्ने विद्यार्थी अट्ने खालको मात्र भएको भन्दै के भएको हो भन्ने प्रश्न गरेका छन् ।संसद भवन मंसिरमा चिसो पारिएको भन्दै कर्मचारी समायोजन आन्दोलनको असर संसदमा परेको हो कि भन्ने प्रश्न गरेका छन्।

‘कर्मचारी समायोजन आन्दोलनको असर संसदमा परेर हो कि के हो, शौचालय गयो पानी हुँदैन, मंसिर र पुसमा ठण्डीमा बैठकहल चिसो बनाइएको छ’ उनले भने ‘यहाँको चेयर युकेजीमा पढ्ने विद्यार्थी अट्ने खालको छ । के भएको हो जवाफ पाउँ ।’
सांसद सुनुवारले ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका विद्यार्थीलाई आफ्नो प्रदेश जान दुई दिन लाग्ने भन्दै घुर्मी चतरा सडक निर्माण तत्काल गर्न माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here