झुपडीबाट उदाएका रवि ओड, यसरी बने नेपाल आइडल : २

चर्चित रियालीटी शो नेपाल आइडल सिजन–२ को विजेता सुदूरपश्चिम प्रदेशका रवी ओड बनेका छन् । उनी अन्य तीन प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै सिजन २ को विजेता बन्न सफल भएका हुन् । 
नेपाल आइडलको दोश्रो विजेता बनेका ओडले  २२ लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुरको अवसर पाएका छन् । दर्शकबाट पाएको  सर्वाधिक मतका आधारमा उनी नेपाल आइडल बन्न सफल भए ।  यस्तै सिजन–२ को उपविजेता पोखराका विक्रम बराल बनेका छन् । उनले २० लाखको चेकका पाएका छन् ।  दर्शकले दिएको भोटको आधारमा झापाका सुमित पाठक सेकेण्ड रनरअप भएका  छन् । उनले १२ लाख बराबरको चेक पाएका छन् । यसैगरी झापाकै अस्मिता अधिकारी चौथो बनिन् । उनले होन्डाको स्कुटर प्राप्त गरिन् । 


रवि यस्ता व्यक्ति हुन् जो कुनै समय म्यादी प्रहरीमा कार्यरत थिए । आइडल आउनुअघि दोहोरी साँझमा गाउँथे । तर, त्यो उनको रहर थिएन । बाध्यता थियो । बुवा भारतमा चौकीदारीमा काम गर्छन् ।  तर प्रतिभालाई कसैले रोक्न सक्दैन त्यसै भनिएको होइन् ।  धनगढी अडिसनमा ‘जाउँला रेलैमा’मा गाएर नेपाल आइडलमा आएका रवि  लोकदोहोरी, पप हिन्दी, पप सबै विधामा गाउन सक्ने रविले जीन्दगी चलाउन अनेक संघर्ष गरेका छन् । २०७० सालको निर्वाचनमा म्यादी प्रहरीमा लागेर काम पनि गरेका उनी  १२ वर्षको उमेरमै मजदुरीको लागि भारत पनि पुगेका थिए ।
आजभन्दा २१ बर्ष अगाडि कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियामा जन्मिएका उनले सानैमा आमा गुमाए  उनीहरुको कञ्चनपुरको गुलरियामा सानो घर छ । तर, गरीखाने कुनै जमिन छैन । 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here