नेपालका ‘फुच्चे पहलमान’ भारतमा छाउँदै

जब दुई देशका खेलाडीबीच आपसमा भिडन्त हुन्छ, दर्शकहरुले पक्कै पनि आफ्नै देशका खेलाडीलाई समर्थन गर्छन् । तर, यदि तपाईंले युट्युवमा नेपालका देव थापाले भारतीय पहलमानहरुसँग कुस्ती खेलेका भिडियो हेर्नुभयो भने अर्कै स्थिति देख्नुहुनेछ । त्यहाँ भारतीय दर्शकहरुले देवको समर्थनमा हुटिङ गरिरहेको पाउनुहुनेछ ।
भिडन्त राजस्थानको एउटा गाउँमा भएको हो, जहाँ देवले स्थानीय कुस्तीवाज ज्वाला सिंहसँग भिडेका छन् । आफूभन्दा दोब्बर साइज र उमेरका देखिने ज्वाला सिंहलाई छरिता देवले हराबरा खेलाएको देखिन्छ ।
वरिपरि भारतीय झण्डा टाँगेर आयोजना गरिएको भिडन्तमा उपस्थित दर्शकले देवको पक्षमा चर्को हुटिङ गर्छन् । आफ्नो देशका पहलमानलाई नेपाली ठिटोले हराएको हेर्न चाहन्छन् उनीहरु । रेफ्रीले पनि देवलाई फेबर गरेको जस्तो देखिन्छ । एकपटक ज्वाला सिंहले निकैबेरसम्म च्याप्दा पनि अम्पायरले उनलाई विजयी घोषित गर्दैनन् ।
२५ दिनमा ५४ लाख भ्युज पाइसकेको छ सो भिडियोमा । 
यसमा मुक्का हान्न, किक हान्न, टोक्न, चिथोर्न पाइँदैन । साथै, घाँटी न्याक्न, गोप्य अंग समात्न, कपाल लुछ्न पनि पाइँदैन । पहलमानले घुँडामा सामान्य प्याड लगाउने बाहेक अरु केही बोक्नरलगाउन पाउँदैनन् ।
नेपालका सञ्चारमाध्यम देव थापाबारे बेखबर भए पनि भारतीय मिडियाले भने फाट्टफुट्ट उनको चर्चा गरेका छन् । उनलाई नेपालका चतुर पहलमानको संज्ञा दिँदै मिडियाले प्रशंसा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here