असगर अली :-जस्ले यसरी बचाँउदैछन राज्यकोषको २७ अर्ब 

प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार छन् असगर अलि । जो नाताले शहरी विकासमन्त्री इस्तियाक राईका ज्वाइ पर्दछन्। र उनी इसेवाका सञ्चालक पनि । उनले प्रधानमन्त्री केपी शर्मालाई  विज्ञान र प्रविधिमा यसरी अभ्यस्त बनाउँदैछन कि पहिलो पटक उनकै सल्लाहमा  क्याविनेट पेपरलेस बनाइयो । र, गत असोज महिनादेखि नै सम्पूर्ण मन्त्रालयको काम कारवाही र कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयबाटै अनलाइन मार्फत नै हेर्ने व्यवस्था मिलाएको छन् । यस्तो सफ्टवेयर गत असोजमै जडान गरिएको हो । यस्को खुलासा एक जना सचिवले गरेका हुन्  ।
 ती सचिवको कार्यकक्षमा पुग्दा कार्तिक महिनाभरीमा उक्त मन्त्रालयका प्रगति विवरण तयार पारिएको थियो । यस्तो प्रगति विवरण हरेक महिनाको सात गतेभित्रै उक्त सफ्टवेयरमा राख्न प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिएका छन् । सोही निर्देशन बमोजिम २२ वटै मन्त्रालयका सचिवहरुले आफ्ना मन्त्रालयका प्रगति विवरण  सात गते अगावै उक्त सफ्टवेयरमा हाल्नुपर्ने व्यवस्था मिलाइएको छ । र ती मन्त्रालयका प्रगति विवरण भने प्रधनानमन्त्रीले कार्यालयबाटै हेर्नेछन् ।
प्रधानमन्त्री ओलीलाई आइटीमा अभ्यस्त पार्दैछन अग्सर अलि । यस्का अलवा अहिले उनकै कारण राज्यकोषको झण्डै २७ अर्ब बच्ने भएको छ ।  

 सरकारले ३५ अर्ब लाग्ने भनिएको राष्ट्रिय परिचयपत्रको काम ८ अर्बमै गर्न सकिने व्यवस्था मिलाउन लागेको छ । अहिले राष्ट्रिय परिचयपत्रको काम द्रुत गतिमा अगाडि बढेको छ । यो कामलाई सहज बनाउन भन्दै सरकाले निर्वाचन आयोगको तथ्यांक मागेको छ ।गृह र निर्वाचन आयोगसँग रहेको डाटा एकीकृत गरी सहज ढंगबाट यो काम सम्पन्न गरिने हुँदा खर्च ३५ अर्बबाट  खटेर आठ अर्ब मात्र खर्च हुनेछ । यसो हुँदा राज्यकोषको २८ अर्ब बच्ने बताइएको छ ।   

        

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here