बीमा कम्पनीको नौ करोड झ्वाम,रमिते बन्यो अर्थ मन्त्रालय

 कुनै पनि  सरकारी संस्थालाई कसरीसम्म तन्नम बनाइन्छ भन्न्ने जान्न राष्ट्रिय बिमा कम्पनी काफी छ । उसो त ६३ भन्दा बढीका संख्यामा रहेका संस्था तथा कम्पनीहरु कोही दुहुनो गाई बनाएर डुबाएर छाडिएको छ भने कोही तन्नम हुँदा पनि सरकारी अनुदानका भरमा चलिरहेका छन् । राष्ट्रिय औषधि लिमिटेडजस्ता केही संस्थानलाई पुनर्जीवन दिने प्रयास भइरहेको छ । यता नेपाल सरकारको ८० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएको एउटा कम्पनी त्यहाँकै कर्मचारीहरुका कारण तन्नम अबस्थामा पुगेको छ । 
रामशाहपथमा केन्द्रीय कार्यालय रहेको र जीवन र निर्जीवन बिमा गर्दै आएको सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बिमा कम्पनीबाटै ८ करोड ८२ लाख रकम हजम गरिएको छ । करोडौं रकम ऋण सापटीका नाममा त्यहीका कर्मतचारीहरुले हजम गरेका हुन् । त्यहाँ कार्यरत ६३ कर्मचारीहरुले ऋण सापटीका नाममा राज्यकोषको करोडौं रकम विगत तीन बर्षदेखि चलाइरहेका छन् । त्यो पनि गैरकानुनी रुपमा । बिमा कम्पनी स्रोतका अनुसार ७३ साल साउन ३२ गतेको बैठकबाट ६३ जना कर्मचारीलाई  ८ करोड ८२ लाख रुपैंया ऋण सापटी दिने निर्णय भए बमोजिम यो रकम अहिले पनि कर्मचारीहरुले चलाइरहेका छन् । यो सिधै नियम विपरित हो । राष्ट्रिय बिमा कम्पनी दिर्घकालिन ऋणरसापटी कार्यबिधिको दफा १३ (क) अनुसार ५८ वर्ष उमेर वा ३० वर्ष सेवा अवधिमा आधारमा मात्र कर्मचारीहरुले ऋण सापटी पाउने व्इवस्था छ । तर कार्यबिधिमै भएको व्यवस्थाको बर्खिलापमा  कर्मचारीहरुले ऋण सापटीका नाममा कोषको करोडौं रकम हिनामिना गर्दै आइरहेका छन् । 
त्यहाँका कर्मचारीहरु मोटाउदै जाने तर सेयरधनीहरुलाई केही नदिँदा रुष्ट भएका सेयरधनीहरुले ५ बर्ष पछाडि पहिलो पटक गत  असोज १९ गते डोकको  वार्षिक साधारणसभामा सर्वसाधरण सेयरधनीहरुले  सञ्चालकहरुलाई हातपातकै प्रयास समेत गरेका थिए । पहिला सेयरधनीहरुलाई १ सय २० प्रतिशत सेयर दिने चर्चा गरिए पनि भनिए बमोजिम सेयर नपाउँदा आक्रोशित भएका सेयरधनीहरुले हातपातको प्रयास गरेका हुन् ।   

 

Loading...

LEAVE A REPLY