यदि तपाई सवारी साधन चलाउदै हुनुहुनछ भने साबधान 

घुस लिने मात्र होइन दिने पनि अपराध नै हो । यदि तपाई सवारी साधन चलाउदै हुनुहुनछ र सवारी चलाउँदा आफ्ना गल्ती ढाकछोप गर्न प्रहरीलाई घुस ‘अफर’ गर्ने बानि रहेको छ  भने सावधान, घुस अस्वीकार गरेर प्रहरीले अब तपाईंलाई नियन्त्रणमा लिनसक्छ । 
ट्राफिक प्रहरीले सवारीचालकसँग घुस आतंक मच्चाएको गुनासो बढिरहेका बेला बुधबार दिउँसो काठमाडौंको बानेश्वरबाट एक गाडीका चालक र सहचालकलाई प्रहरीले घुस अफर गरेको अभियोगमा नियन्त्रणमा लिएको छ ।
प्रहरीले बुद्धनगरस्थित युएनपार्क नजिकबाट बा २ ख ८१२९ नम्बरको गाडीका चालक जीतबहादुर तामाङ र सहचालक सुजन घलेलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका  होमिन्द्र बोगटीले चेकजाँचमा रहेको प्रहरीले कागजात माग गर्दा ग्राभेल बोकेको गाडीले १ हजार घुस अफर गरेपछि त्यसका चालक र सहचालकलाई गाडीसहित नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएका उनीहरुलाई महानगरीय प्रहरी वृत्त, वानेश्वरमा राखिएको छ ।  बोगटीका अनुसार, उनीहरुमाथि प्रहरीले अहिले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here