मिन योन्जनको चुलबुलेले दर्शक उफार्दैँ (भिडियो पनि हेर्न नभुल्नुहोला)

‘चस्सै राम्साली’ गीत गाएपछि चर्चित भएका गायक मिन योन्जनलाई बच्चादेखि नै संगितको भूत लागेको थियो । विशेषगरी तामाङ सेलोमा गीत गाउँन रुचाउँने गायक योन्जन ‘चुलबुल चुलबुले दार्इको साली बिहे गरौँ यसपाली’ बाट नयाँ धारमा देखा परेका छन् । उक्त गीतलाई र्याप शैलीमा ढालिएको भएपनि गीतले प्रौढ र युवा पुस्ता दुवैलाई भरपुर रुपमा आनन्द दिलाउँदछ । सो गीत युटुबमा सार्बजनिक भएको सँगै हाल झण्डै एक लाखले उक्त भिडियो क्लिक गरिसकेका छन् । युट्युब भिडियोको कमेन्ट बक्समा गायक योन्जनको थप प्रशंसासँगै दर्शकले आगामी दिनमा यस्तै सुमधुर स्वरसहितको गीतको अपेक्षा गरेका छन् । 
 

गीतमा स्वरमात्र नभई शब्द र संगितसमेत गायक योन्जनकै हो । स्कुल अध्ययनताका गीत मात्र होइन त्यतिबेला थुप्रै गीतहरु कोरेको सुनाउने उनको चस्सै राम्सलीले दर्शकलाई औधी उफारेको थिथो । यसरी एक पछि अर्काे गर्दै चर्चाको शिखर चुम्दै गरेका योन्जनको नयाँ गीत चुलबुले चुलबुलेको भिडियो सार्बजनिक भएसँगै दर्शकलाई झनै उफारेको छ । सदैव संगीत क्षेत्रमा योगदान पुर्याइरहेने बताउँछन्, गायक योञ्जन । नाम चलेका गायकहरु विदेश भासिएका छन् तपाईचाहिँ यहाँ कसरी चल्न सक्नुभएको छ ? ‘यदि संगीत क्षेत्रमा नसा नभइदिएको भए विदेश गइसक्थे होला तर, एक इन्च पर संगित छाडेर भाग्न सक्दिन । जसोतसो परिवारको पेट पाल्न सकेको छु । विदेश गए पनि पेट पाल्नै पर्ने हो । त्यसैले म विदेश जान्न ।’  

सेलो गीतहरु भन्दा फरक धारमा देखिने यस भिडियोको शब्द संगीत योन्जनकै हो भने एरेन्जर छेवाङ तेन्जिङ लामाको हो। र्याप अमृत ल्वागुनले भरेका छन् । त्यस्तै, सम्पादन विजय राज तथा निर्देशन बाबु जिम्बा र कमल जोशीले गरेका हुन् । यस नयाँ नेपाली पप तामाङ गीतको छायाँकन मरुभुमी नारायण नेपालले गरेका छन् । यस गीतमा नृत्य मोडल रिना थापा मगर, सञ्जीव ठकुरी, सुस्मिता तामाङ र सुदिप राज पन्तको रहेको छ । गायक योन्जनलाई आगामी दिनमा नयाँ अवतारमा देख्न पाइयोस् उनलाई हाम्रो तर्फबाट पनि सफलताको कामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here