४५ सयभन्दा बढी विद्यार्थीलाई ट्रेनिङ दिइसकेको छु (भिडियोसहित)

रुस्का वैद्य श्रेष्ठ,नेपाली सौन्दर्य बजारमा परिचित नाम हो । आफ्नै लगन,मेहनतले खारिएर आज उनी सौन्दर्यको दुनिँयामा अकवरी सुन बनेकीछिन् । आफ्नो अलग पहिचान बोकेर । वनेपाबाट काठमाडौं खाल्डोमा भित्रिएर उनले आफ्नो पहिचान यसरी विस्तार गरेकी छिन कि उनकै गुरु प्रा डा राज्यश्री श्रेष्ठले झैं हजारौं विद्यार्थीलाई तालिम दिइसकेकी छिन् । यही कारण हो सिटिइभीटीबाट मान्यता प्राप्त आइटिसी स्किल डेभलपमेन्ट सेन्टरले छोटो अवधीमा तीन वटा ठाँउबाट सेवा दिइरहेको छ । वनेपाबाट सुरु भएको यो यात्रा नक्साल हुँदै सोह्रखुट्टेसम्म फैलिएको छ । 
रुस्काको रहर 
  कुनै समय विज्ञान विषयकी विद्यार्थी रुस्काको जीवनी सुन्दा अपत्यारीलो लाग्छ । कम्प्युटरको किबोर्डमा औला चलाउनुपर्ने विज्ञानकी विद्यार्थी उनी कसरी अरुको अनुहार सिंगार्ने पेशामा आइपुगिन् ?  नेवार परिवार । साइन्स (विज्ञान) विद्याको विद्यार्थी । पेशा ब्युटिसियन । साथीहरुले सोच्थे, रुस्का कुन अफिसको कम्प्युटरमा बसेर काम गरिरहेकी होलिन् । तर, उनले फरक दुनियाँमा रहेर आफ्नो पेशालाई निखार्दै थिइन् । जब कि अध्ययनअनुसारकै पेशा भइदिनुपथ्र्याै तर, भइदियो ठीक विपरीत ।
उनले विज्ञान र सौन्दर्यको फ्युजन जोड्नु अगाडि कोट्याइन आफ्ना पूराना ती दिनहरु ।  विवाहपश्चात् छोराछोरीको लालनपालनमै बित्यो । छोराछोरी विद्यालय जान थालेपछि मैले अध्ययनतिर फेरी फर्केर बेजोड तरिकाले अध्ययनलाई निखार्न सक्छु भन्ने सम्भव थिएन् । छोराछोरी स्कुल गए पछिको पाँच घण्टाको समय फुर्संदिलो थियो । त्यो फुर्संदिलो समयलाई खेर नफाल्नमा श्रीमानको पनि विशेष साथ रह्यो । 
रविभक्तको साथ 

‘तिमीलाई यो समयभित्र जे सिक्न मन लाग्छ । सिक्दा राम्रो हुन्छ । दिमाग पनि प्रेस हुन्छ’ पतिको यस्तो सुझावले मलाई अझ हौसला प्रदान गर्यो । त्यसपछि मैले कम्प्युटरमा डिप्लोमा र ब्युटिसिकोर्स अध्ययन पूरा गर्ने सोच बनाए । मुख्यतः ब्युटिसियनभन्दा पनि कम्प्युटर तालिम लिने भन्ने सोच थियो । यहिँ सोचका साथ ब्युटिसियन कोर्षतर्फ दुई महिने प्रारम्भिक (बेसिक) कोर्षमा भर्ना भए । तर, बेसिक कोर्ष अध्ययन गर्दै गर्दा अझ कोर्षप्रति विशेष चाख लाग्न थाल्यो । दुई महिनाका लागि भनेर ब्युटिसियन भर्ना भए तर, एक वर्षको अध्ययन कोर्ष पूरा गरेर निस्किए । त्यसपछि यस क्षेत्रका विज्ञहरुसँग भेट हुने अवसर जु¥यो । डा. राजशी श्रेष्ठ, कमला श्रेष्ठ, विनु मालाका लगायत यस सौन्दर्य क्षेत्रका विज्ञहरुसँग रहेर फरक फरक विषयमा ‘इन्डिभिजुअल’ ब्युटिसियन कोर्ष सिक्ने मौका पाए । उहाँहरुमध्ये कसैसँग हेयर मेकअप, कसैसँग स्किन कस्मोटोलोजी र स्किन थेरापी त कसैसँग हेयर स्ट्रेटलगायतका छुट्टाछुट्टै कोर्षहरु सिक्दै अन्य ब्युटिसियन कोर्षहरु पनि सिके । एक हिसाबले भन्नुपर्दा केही हदसम्म यो क्षेत्रको बारेमा ज्ञान हासिल गर्न सफल भए ।  पछि थुप्रैले ब्युटिसियन कोर्ष अध्ययनका लागि अफर गर्नुभयो । मैले आफूले जानेको सीप र ज्ञान त्यहाँ फेरि बाँड्ने मौका पाए । 
परिवारको साथ नै कुनै एक विवाहित महिलाका लागि महत्वपूर्ण हुँदोरहेछ । जुन मैले पनि बुझ्ने अवसर पाएँ । आज म जुन स्थानमा छु, त्यसमा पहिलो परिवारकै साथ छ । जब कि मैले विवाहपश्चात् आफ्नो करिअरको थालनी गरे । आफ्नै जीवनका पानाहरु पल्टाउदा उनले निकाल्ने निष्कर्ष हो विवाहपश्चात कुनै पनि महिलाको करियर सिद्धिने भन्ने चाहिँ हुँदैन् । 
नसोचेको संयोग 
आखिर जीवन भन्नु पनि नसोचेको यर्थाथ नै हो । कुनै समय विज्ञानको विद्यार्थी भएर कलेज धाउने म एकाएक सौन्दर्य क्षेत्रमा आइन्छ भन्ने सोचेको पनि थिइन । तर, फ्ल्यासब्याकमा फर्किदा कुनै पछुतो लाग्दैन । त्यतिबेला साइन्स अध्ययनका  क्रममा किटाणु (ब्याक्टेरी), जीवलगायत अन्य थुप्रै कुराहरु अध्ययन गर्नुपर्दथ्यो । मलाई यीमध्ये पनि रसायन विज्ञान ‘क्यामेस्ट्रि’ मा विशेष रुचि थियो । आज मलाई त्यो क्यामेस्ट्रिको अध्ययनले यो क्षेत्रमा काम गर्न अति सजिलो भएको छ । हिजोका दिनमा ‘ब्युटि कोर्ष’ मात्र थियो तर, आज ‘ब्युटि साइन्स’ को जमाना छ । यद्यपि, मलाई त्यतिबेलाको अध्ययनले यो पाटोमा वैज्ञानिक ढंगले काम गर्न सहज बनाएको छ । 
अर्काे मौका 


हाल म आइटिसी स्किल डेभलपमेन्टको प्रबन्ध निर्देशकसँगै प्रशिक्षक पनि हुँ । यसअघि पुना कस्मेटिमा रहेर सौन्दर्य क्षेत्रसम्बन्धि थुप्रै कुराहरु बुझ्ने मौका पाएँ । त्यो अनुभवले मलाई एक हदसम्म साहस जुटाइदिएको थियो भने हाल थप साहस पलाएको अनुभव भएको पाउँछु । यहाँ ब्युटिसियनसम्बन्धि तालिम सिक्न आउँने आमाहरुले आफ्नो छोरी तथा बुहारीहरुलाई पनि आफूजस्तै एक असल सौन्दर्यकर्मी बनाइदिन अनुरोध गर्नुहुन्छ । उहाँहरुको यो प्रस्तावले मेरो मन छुन्थ्यो । सोच्थे, ‘हातमा सीप भएको व्यक्ति (महिला) विदेश जानुपर्दैैन ।’ हातमा सर्टिफिकेट कुनै व्यक्तिभन्दा पनि हातमा सीप भएको व्यक्तिलाई फिल्डमा जम्न पनि गाह्रो हुँदैन भन्ने मनसायका  साथ आइटिसी स्किल डेभलपमेन्टको स्थापना गरे । जुन सौन्दर्य क्षेत्रतर्फ आउन चाहनेहरुका लागि विल्कुलै विशुद्ध तालिम केन्द्र हो । यहाँ सिटीइभीटीअन्र्तगत रहेर ब्युटिसियनसम्बन्धि अध्यापन गराइन्छ । म स्वयं सिटीइभीटीको स्किल टेस्ट, परीक्षकमात्र नभएर ब्युटिसियनसम्बन्धि पाठ्यक्रम निर्माण गर्नेसम्मको जिम्मेवारी पाएकी छु । यद्यपि, आफूले जानेको कुरा आफ्नो संस्थामार्फत् सबैलाई सिकाउनु मेरो धर्म पनि हो र यहिँ चिन्तनका साथ आइटिसीको स्थापना गरे । आइटिसीको स्थापनाकालमा यसको कार्यालय काभ्रेको बनेपा (सन् २००२) बाट आरम्भ भयो । 
संर्घष र सफलता 
आजभन्दा नौ वर्ष अघि बच्चाहरुको हेरचाहका क्रममा काठमाडौं रहेपनि प्रत्येक दिनजसो नै बनेपा ओहोरदोहोर गर्थे । त्यतिबेला काठमाडौँबाट पनि शाखा विस्तारको माग आए पछि नक्सालमा शाखा विस्तार गरे । हाल म यहिँ नक्सला शाखाबाटै सेवा प्रदान गर्दै आएको छु । अहिले डल्लु, सोह्रखुट्टे, स्वयम्भू, कलंकीका ब्युटिसिनयन विद्यार्थीहरुबाट नक्साल आउन अलि टाढा भएको र आफ्नै क्षेत्रमा शाखा विस्तार गर्न सल्लाह दिनुभयो । नभन्दै सोह्रखुट्टेमा आइटिसीले शाखा विस्तार गरिसकेको छ । यसरी सबैको माया, मेहनत र समयको साथले आज आइटिसीले सौन्दर्य बजारमा फरक पहिचान दिन सफल भएको छ । 
विगतमा पुना कम्पनीको ब्राण्ड एम्बेस्डरको रुपमा कार्यरत थिए । आफ्नो तर्फबाट कम्पनीलाई सक्दो साथ सहयोग गरेकी छु । हाल म भेदिक लाइनको ब्राण्ड एम्बेसडरको रुपमा कार्यरत छु । भेदिक लाइनसँग धेरै लामो समयको चिनजानपछि एम्बेसडरको रुपमा नियुक्ति भए । मुख्यतः हर्बल प्रोडक्ट भएकाले र आफूले पनि यसअघि उस्तै प्रोडक्टको कम्पनीसँग काम गरेको हुनाले जिम्मेवारी सम्हाल्न त्यति समय लागेन । तथापि, भविष्यमा जहाँ रहेर काम गरे पनि सबैको हितका लागि सेवा दिन हरदम लागि पर्नेछु । आफूले जानको कुरा अरुलाई बाँड्नेछु ।
कुनै एक ब्युटिसियन विद्यार्थीका अगाडि म आफैँ पनि उदाहरणझँै छु । कुनै समय एकतिर अध्ययनसँगै विवाह भयो । विवाहपछि नै मैले आफ्नो करिअर बनाउने मौका पाए । जसमा परिवारको विशेष योगदानी छ । हाल भेदिक लाइन अनि सिटीइभीटीअन्तर्गत आइटिसीले सौन्दर्यसम्बन्धि तालिम प्रदान गर्दै आएको छ । तालिम केन्द्रबाट विद्यार्थीलाई सैद्धान्तिक र व्यवहारिक दुवै ज्ञान प्रदान गरिन्छ । भोलिको दिनमा काम गर्ने शिलशिलमा सैद्धान्तिकसँगै विशेष व्यवहारिक ज्ञानको खाँचो पर्दछ । यसमा मैले यति पढेकी छु, जान्दिन होला अथवा मैले केही जानेकी छैन भन्ने खालको अनुभव आउँदैन । तालिम केन्द्रले ‘फ्रेन्ड्ली’ वातवारणमा तालिप प्रदान गर्दै आएको छ । विभिन्न कारणवश अध्ययन छाड्नु भएका दिदी बहिनीहरु (निम्नमाध्यमिक) र स्नातकदेखि स्नाकोत्तर सम्मका विद्यार्थीहरु आइटिसीमा सौन्दर्य तालिम सिक्न आइरहनुभएको छ । सबैलाई हामी एउटै कक्षामा अध्यापन÷तालिम प्रदान गराउँछौँ । तर, कक्षामा पढेका र कम पढेकाहरुबीच ठूलो फरकपन छ भन्ने धारणा सुरुमै हटाइदिन्छौँ । न कि सबैतिरको शिक्षा कसैले ग्रहण गरेको हुँदैन । यहिँ मोटिभेसन कक्षासँगै सिटीइभीटीबाट मान्यताप्राप्त आइटिसी डेभलपमेन्ट कुनै एक विद्यार्थीलाई सिक्नका लागि उपयुक्त थलो हुन्छ । हालसम्म आइटिसीले चार हजार पाँच सय भन्दा विद्यार्थीहरुलाई अध्ययन र तालिम प्रदान गरेको छ । अध्ययपश्चात् ५० प्रतिशत विद्यार्थीले स्वदेशमै भरपुर रोजगार पाउँनुभएको छ भने २५ प्रतिशत विद्यार्थी यस क्षेत्रमा थप निखार ल्याउनका लागि बाहिर अध्ययन लागि जानुभएको छ ।


समय व्यवस्थापन 
विभिन्न कार्यक्रमका दौरानमा भेटघाट हुँदा सबैले कसरी समय व्यवस्थापन गरिरहनुभएको छ ? भन्दै जिज्ञासा राख्नुहुन्छ । घर परिवार, संस्था, कार्यक्रम सबैको व्यवस्थापन गर्नुभन्दा पनि पहिलो त ‘गर्र्न सक्छु’ भन्ने अठोट नै काफि हुँदोरहेछ । मलाई असाध्यै माया समय व्यवस्थापनको लाग्छ । मैले भोलि के गर्ने भनेर आज नै टेन्सन पर्न थाल्छ । अनि कक्षा सञ्चालन, बैठक र कार्यक्रम सबैको कार्यतालिका नै बनाएर दैनिक काम गर्दै आएकी छु । भनाइ नै छ नि, ‘खाली दिमाग सैतानको घर’ मन र नयनमा एउटा भिजन भइसकेपछि÷उमेर छउन्जेल निरन्तर खटिइरहनेछु । मतलब शरीररले साथ दिएसम्म अथक भई यात्रामा निस्किइरहनेछु । र, परिवारलाई पनि उत्तिकै साथ दिनेछु÷दिइरहेकी छु । नेवार कुलमा जन्मिएकाले नेवारी संस्कृतिमा थुप्रै चाँडपर्व हुन्छन् तर, कार्यव्यस्ताले परिवारको थुप्रै पर्व छुटाएको छु । तर पनि परिवारले मेरो बारेमा सहजै बुझिदिनुभएको छ÷बुझाएकी छु । मेरो पाटोमा परिवार पूरै खुसी छ । अझ भन्नुपर्दा मेरो दाहिने हातका रुपमा छोराछोरी हुन् । दुवैले नयाँ प्रविधिको बारेमा सल्लाह दिन्छन् । २१औँ शताब्दी प्रविधिको युग भएकोले यसरी चल्नुस् ममी भनेर सल्लाह दिन्छन् । यसकारण पनि मैले परिवारबाट पाउँनुपर्ने भरपुर साथ सहयोग पाएकी छु । 
हाल विद्यार्थीहरुले पढिरहेको विषयझैँ सरकारले  कम्तिमा पनि आठ कक्षादेखि पाठ्यक्रममा सौन्दर्यसम्बन्धी विधा पनि थप गरिदिएको खण्डमा  यस्तो शिक्षा लिन चाहने किशोर किशोरीको जग बलियो हुने यी सौन्दर्यकर्मीको भनाई छ । 

 

रुस्का अगाडि थप्छिन" आठ कक्षामा पुगेपछि विद्यार्थीहरुले गणित, अर्थशास्त्र, अंग्रेजी, विज्ञान लगायत थुप्रै ऐच्छिक विषयहरुमध्ये कुनै एक छनौट गर्नुपर्छ । मैले पनि बोर्डिङ विद्यालयमा अध्ययन गरेर उच्च शिक्षा हासिल गरेकी हुँ । त्यतिबेला कक्षा आठमा पढ्दै गर्दा अनिवार्य विषयका रपमा फुड सान्इस, होम साइन्स, ऐच्छिक गणित र विज्ञान थियो । फुड साइन्स अध्ययनका क्रममा मलाई पकाउन पनि इच्छा भएन, हिसाबकिताब मिलाउन गणित विषय पनि झन्झट लाग्यो त्यसपछि विज्ञानै लिने मन जाग्यो । त्यसपछि ऐच्छिक विषयका रुपमा नौ कक्षादेखि विज्ञान विषय लिएर अध्ययन गरे । भन्नुको मतलब कुनै विद्यार्थीले आफूले चाहेको विषय प्राथमिक तहदेखि अध्ययन गर्ने मौका पायो भने माथिल्लो तहसम्म पुग्दा उसमा त्यस विषयप्रति निपुणता आउँछ । माध्यमिक तह उत्तीर्ण गरे पछि न कुनै विद्यार्थीलाई अध्ययनका लागि हामीले झँै सास्ती नै खेप्नुपर्छ । त्यसैले यस विषयतर्फ पनि सरकारले विशेष चासोका साथ लिइदिए हुन्थ्यो । अबको पाँच वर्षमा वा दश वर्षमा यो काम असम्भव नहोला तर, एउटा कुरा सिपअनुसारको अध्ययन भइदियो भने कुनै विद्यार्थी बाहिर जान पर्दैन । यो कुराहरुलाई मैले विभिन्न गोष्ठि तथा कार्यक्रममा पनि उठाउँदै आएको छु । 

समस्या र चुनौति 
यो क्षेत्रमा पनि समस्या र चुनौतीहरु बग्रेल्ती छन् । म पनि त्यो समस्याको सामना गर्दै, लड्दै, खट्दै यहाँँसम्म आइपुगेको हुँ । जतिखेर म सानै उमेरकी थिईँ । त्यतिबेला समाज त के मेरै परिवारले पनि सुरुवाती दिनमा पार्लरसम्बन्धि काम गर्न सिकोस् तर, संस्था नै सञ्चालन नगरोस् भन्ने मनपेट बुझिन्थ्यो । तर, कसैले जे गरे पनि निरन्तर गर्ने हो गर भन्थे ।

42876464_391665588037167_2895243935339249664_n - Click to view full size photo

आजभन्दा दश वर्ष अघि पार्लर सिक्न आउने बहिनीहरु आफ्नो घरपरिवारदेखि लुकिछिपी आउथे । उनीहरु आफू पार्लर सिक्न मन भए पनि परिवारले सिक्न नदिएपछि कम्प्युटर सिक्छु भन्दै भागेर पार्लर सिक्न आएको कुरा नभनिदिन आग्रह गर्थे । त्यस्तै, कोही अचार त सिलाई बुनाईको बहाना गरेर मकहाँ पार्लर सिक्न आउँथे । यद्यपि, दश वर्ष अघि यस्तो दिन थियो । जुन दिन झेल्दै आज यो अवस्थामा हामी उभिएका छौँ । अहिले पनि एउटा चिन्तन के छ भने–विवाहपछि छोराछोरी हुर्काइन्छ । छोराछोरी विद्यालय जान थालेपछि पढ्ने चान्स हुँदैन । त्यसकारण अरु केही सिक्ने अवसर छैन, पार्लर सिक्छु । जतिबेला म पनि यस्तै खालको कुराहरु सोच्थे । तर, अहिलेको सन्दर्भमा कुरा त्यसो होइन । जमाना केमिकलसँग जोडिएको छ । कुनै क्लाइन्ट एउटा मेकअप गर्न दश वटा फोटो बोकेर आउनुहुन्छ । त्यहाँ मिक्सिङ रेसियो, स्किन टोन मिलेन, कटिङ एंगल अनि ट्रिटमेन्ट मिलेन भने त क्याइन्बाट गाली खाइन्छ । तसर्थ, यसका लागि सैद्धान्तिक र व्यवहारिक ज्ञान चाहिन्छ । हाल म हरेक वर्ष बाहिर गएर सौन्दर्यसम्बन्धि यस्ता वैज्ञानिक तालिमहरु लिदै आएकी छु । तीन वर्ष अघि थाइल्याण्डको एलामास्क अफ लन्डन विद्यालयमा डिप्लोमा अध्ययन पूरा गरेर आएकी छु । हालसम्म मैले थुप्रै सेलीब्रेटीको मेकअप तथा विद्यार्थीहरुलाई तालिम दिइसकेकी छु । मैले तालिम दिएका विद्यार्थीहरुका संख्या ४५ सयभन्दा बढी पुगिसकेको छ । 

प्रस्तुति :  लोकराज रुम्दाली / महेश्वर गजुरेल 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here