पछिल्लो पटक ओली सरकारले युवाहरुको मन जित्ने लोकप्रिय कामको सुरुवात गरेको छ । धेरै अगाडि देखि बहसमा चल्दै आएको शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण लिन र ढुक्कले व्यवसाय गर्ने बाटो शैक्षिक बेराजगार युवाहरुलाई खुल्ला भएको छ ।
नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरी शैक्षिक ऋण प्रदान गर्न निर्देशन दिएसँगै यो बाटो खुल्ला भएको हो ।
सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियतपूर्ण शैक्षिक कर्जा उपलव्ध गराउने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले सम्पूर्ण बाणिज्य बैंकहरुलाई परिपत्र जारी गरेसँगै प्रमाणपत्र धितो राखेर ऋण लिने बाटो खुल्ला भएको हो । अब बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र धितोमा राखेर रु सात लाखसम्म शैक्षिक कर्जा उपलव्ध गराउनेछन् ।
यस अगाडि नै २१ भदौंमा बसेको मन्त्रिपरिषद्को बैठकले शैक्षिक कर्जासम्बन्धी कार्यविधि पारित गरेको थियो । पारित कार्यविधि यही असोज ६ गते अर्थ मन्त्रालयले सार्वजनिक गरेको थियो । शैक्षिक कर्जा वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय संस्थाबाट पाइनेछ । तर केन्द्रीय बैंकको निर्देशनानुसार लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । स्नातक उत्तीर्ण विद्यार्थीले शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जनाए ।
शैक्षिक कर्जा लिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष उमेर ननाघेको, विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनुपर्नेछ । यस्तै घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालीम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्लगायतका निकायबाट कम्तीमा सात दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालीम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालीम लिएको प्रमाणपत्र पेश गरेको हुनुपर्नेछ ।
त्यस्तो कर्जा लिएका विद्यार्थीले थप अध्ययन गर्न चाहेमा सरकारले तोकिदिएको विषयको उच्च शिक्षा, स्वास्थ्य सम्बन्धित विषय, इञ्जिनियरिङसम्बन्धी विषय, पशु विज्ञान, कृषि विज्ञान तथा अन्य प्राविधिक विषय अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
तर केन्द्रीय बैंकको निर्देशनानुसार लघुवित्त संस्थाले भने त्यस्तो ऋण दिन पाउने छैनन् । स्नातक उत्तीर्ण विद्यार्थीले शुक्रबारदेखि नै शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । शैक्षिक कर्जा लिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष उमेर ननाघेको, विदेशी विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेकाको हकमा नेपालको कुनै विश्वविद्यालयबाट समकक्षता सम्बन्धमा प्रकाशित सार्वजनिक सूचीमा अध्ययन गरेको विश्वविद्यालय समावेश भएको हुनुपर्नेछ ।
यस्तै घरेलु तथा साना उद्योग कार्यालय, समिति, सीप विकास तालीम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्लगायतका निकायबाट कम्तीमा सात दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालीम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालीम लिएको प्रमाणपत्र पेश गरेको हुनुपर्नेछ ।
त्यस्तो कर्जा लिएका विद्यार्थीले थप अध्ययन गर्न चाहेमा सरकारले तोकिदिएको विषयको उच्च शिक्षा, स्वास्थ्य सम्बन्धि विषय, इञ्जिनियरिङ सम्बन्धी विषय, पशु विज्ञान, कृषि विज्ञान तथा अन्य प्राविधिक विषय अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ । आजैदेखि कार्यान्वयनमा आउने यस कार्यक्रम ओली सरकारको महत्वपूर्ण सफलताको रूपमा व्यख्या गरिएको छ ।
यस्तैबीच सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यस्था गर्नुपर्छ भनेर माग गर्ने अनेरास्ववियुका महासचिव एेन महरले युवा विद्यार्थीलार्इ अवसरको सदुपयोग गर्न आग्रह गरेका छन । महासचिव महरले अनेरास्ववियुले युवा विद्र्यार्थीका लागि अघि सारेका सबैजसो माग पूरा भएको भन्दै प्रमाणपत्र धितो राखेर कर्जा दिन सुरू गरेका खुशी व्यक्त गरेका छन । उनले धेरै भन्दा धेरै विद्यार्थी यसबाट लाभान्वित हुने विदेशीनुपर्ने बाध्यता समेत टर्ने बताए ।