यी हुन कुलमानझैं अर्का  कमाण्डर,गरे चार  महिनामै यस्तो कमाल 

कुलमान घिसिङजस्ता अर्काे कमाण्डर फेला परेका छन् । आखिर साहस र आँट भयो भने सरकारी  कार्यालयहरुमा सुधार ल्याउन सकिन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुन उनी । एउटा कर्मचारीले हृदयदेखि नै सुधार गर्न चाहेको खण्डमा र गर्न चाहेको खण्डमा गर्न नसक्ने के रहेछ र भन्ने कुराको ज्वलन्त उदाहरण पनि हुन दीर्घराज मैनाली ।

हाल उनी राजश्व अनुसन्धान विभागका महानिर्देशकका रुपमा कार्यरत छन् । ओली नेतृत्वको सरकारले आजभन्दा  झण्डै चार महिना अगाडि उनलाई सो विभागको महानिर्देशक बनाएको थियो । उनी त्यहाँ पुगेको  चार महिनाकै अवधीमा राजश्वमा तर मार्न पल्किएकाहरुको होस हवास उडेको छ ।

अख्तियार नासु,कार्यालय साहायक लगायतका साना कर्मचारीहरु समाएर रमाइरहेकै समयमा उनले भने यो अवधीमा ठूलाभन्दा ठूला कर छलि प्रकरणलाई समेत कानुनी कठघरामा ल्याएका छन् ।

उनले त्यहाँ इन्ट्रि गरेको झण्डै चार महिना अगाडि  पुग्दासम्ममा ५ अर्ब ४१ करोड ७६ लाख रुपैंयाँको बिगो दावीसहित एक दर्जन मुद्धा दर्ता गराइसकेका छन् ।  जसमध्य  हिमालयन कार्गाे प्रालीका सञ्चालक बिनोद कुमार गुप्ता र उनकी श्रीमति मधु गुप्ता विरुद्ध २ अर्ब ७२ करोड १२ लाख ३८ हजार ७ सय ६० रुपैंयाँ विगो दावी सहित काठमाडौं जिल्ला अदालतमा मुद्धा दायरमात्र भएको हालसम्मकै सबैभन्दा ठूलो राजश्व छलीको मुद्धा उपर उनीहरुलाई पुर्पपक्षका लागि थुनामै राख्न जिल्ला अदालतले आदेश दिइसकेको छ  ।

यस्तै दुध तथा घ्युको नक्कली प्रज्ञापन पत्र बनाएर राजश्व छलेको आरोपमा रबिन्द्र गुप्ता, बिरेन्द्र गुप्ता, राहुल कुमार गुप्ता, मधुकुमारी चौधरी सहित भैरहवा भन्सारका ७ जना भन्सार कर्मचारी लगायत २२ जना विरुद्ध १ अर्ब २ करोडको बिगो दावीसहित मुद्धा दायर भइसकेको छ ।

अर्काे मुद्धा हो, सुन तस्करीको आरोपमा बिनोद कुमार मौर्य लगायतका ६ जना विरुद्ध ४४ करोड ६५ लाख ४४ हजार विगो दावीसहित मुद्धा दायर भएको छ । यस्तै मरिच निकासी पैठारीमा राजश्व छलेपछि संजय अग्रवाल, रामशंकर यादव, धर्मेन्द्र कुमार र राजकुमार गुप्ता विरुद्ध ६ करोड ७३ लाख २० हजार विगो दावी सहित मुद्धा दायर भएको छ ।

यसरी राजश्वमा तर मारिएको साढे ५ अर्व रकमलाई उनले राज्यकोषमा दाखिला गर्न सफल भएका छन् । तसर्थ हरेक सरकारी कार्यालयहरुमा कुलमान,दीर्घराज मैनालीजस्ता हाकिम हुने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सम्बृद्धिको सपना पूरा गर्न उत्ति कठिन पनि छैन् ।    
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here