गर्भवती श्रीमतीले श्रीमानको जिब्रो टोकिदिएछि अस्पताल भर्ना 

श्रीमानको रुप चित्त नबुझेपछि श्रीमतीले आफ्नो श्रीमानको आधा जिब्रोमा घाउँ हुनेगरी टोकिदिएकी छन् । उनी आठ महिनाकी गर्भवती थिइन् । श्रीमतीले सामान्य विवदका क्रममा ‘तेरो रुपले मलाई चित्त बुझाएन’ भन्दै श्रीमानको जिब्रो टोकिदिएकी हुन् । तर, यो घटना नेपालको भने होइन । घटना भारतको राजधानी नयाँ दिल्लीको रानहोलमा शनिबार घटेको त्यहाँको स्नानीय प्रहरीले जानकारी दिएको हो ।  मीडित श्रीमान् २२ वर्षका छन् । 
 

गर्भवती श्रीमतीले आफ्नो कुरुप शरीरप्रति प्रश्न चिन्ह उठाउँदै आफ्नो आधा जिब्रोमा गम्भीर घाउँ हुनेगरी टोकिदिएको श्रीमानले प्रहरीसँग संकेतिक भाषामा भनेका छन् । श्रीमानका  अनुसार उनीहरुबीच यसअघि पनि पटक पटक रातिको समयमा झगडा हुने गरेको थियो । तर, शनिबार श्रीमानको रुपको कारण देखाउँदै जिब्रो नै थुत्न  अघि सरेपछि पीडित श्रीमानले यसबारे प्रहरीसमक्ष उजुरी दिनुपरेको हो । हाल उनको दिल्लीको सफ्दारजंग हस्पिटलमा उपचार भइरहेको छ । उपचार भइरहेको उनी बोल्न सक्छन् या सक्दैनन् उपचार सफल नभएसम्म भन्न नसकिने डाक्टरले जानकारी दिएका छन् । उनकी श्रीमतीलाई भने प्रहरीले पक्राउ गरि थुनामा राखेको छ । प्रहरीले श्रीमानको ज्यान केही कारणले तलमाथि भएको अवस्थामा उनलाई जन्मकैद हुनसक्ने बताइएको छ । उनीहरुको विवाह भने २० नोभेम्बर २०१६ मा सम्पन्न भएको थियो ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here