`हामी रोइसक्यो अब रुने तपाईहरुको पालो’

चलचित्रमा छोटो बोक्सीको भूमिका हेर्ने दर्शकहरु शनिबार कुञ्ज नाटकघरमा झण्डै ग्वाँग्वाँ रोए । तर, परिस्थिति सुकुसुकमात्र चल्यो । सिटबाट अगाडि पछाडि फर्केर नियाल्दा पुरुषको संख्याभन्दा बढी महिलाहरु सुकसुक गरिरहेका देखिन्थे । हालसम्म महिलाको मन पुरुषकोभन्दा कमलो हुन्छ भन्दै आइए तापनि शनिबारको त्यो दृश्य निलाल्दा यी जम्मै कुरा बुझ्न कुनै कठीनाई हुँदैनथ्यो । नयाँबानेश्वर, थापागाउँस्थित कुञ्ज नाटकघरमा लालटिन नेपालको प्रस्तुतीमा असोज ५ गतेदेखि मञ्चन भइरहेको छ, ‘बोक्सी उद्योग’ । विश्व २१औँ शताब्दीको खुड्किलोमा चढ्नै लाग्दा पनि अझैँ नेपाली समाजमा बोक्सी प्रथा राजनीतिक आवरणको झुकावले कतिसम्म जरा गाँड्न सम्भव भएको छ, (हिमाल, पहाड र तराई) का गाउँघरमा । यहिँ दृश्य लेखक तथा पत्रकार रामकुमार एलनले फिल्मी शैलीमा लेखेर दर्शकलाई मनभित्र ग्वाँग्वाँती रुवाएर सुकसुकाएका छन् । 
‘बोक्सी उद्योग’ पाँच महिना लगाएर लेखिएको नाटक हो । यसअघि असारमा कलाकारद्वारा नाटकको केही भागका भूमिकाहरु प्रदर्शित भए पनि सग्लो नाटक मञ्चन भएको थिएन । तर, हाल यो नाटकले दर्शकको मन औधी जित्न सफल भएको छ । नाटकमा १४ जना पात्रको भूमिका एक से एक छ । काम गर्ने शिलशिलामा जो कोहीबााट भूलवश केही कमजोरी हुन जान्छन् तर, यी पात्रहरुमा त्यस्तो गम्भीर त्रुटी भएको जस्तो देखिँदैन । जब कि यस्का साक्षी दर्शक छन् । 
नाटकका निर्देशक हुन्, प्रभाकार देव शर्मा । ०३३ सालदेखि नाटक खेल्न सुरु गरेका शर्मा ०४२ सालमा निर्देशनमा सरिक भएका हुन् । भन्छन्, ‘२१औँ शताब्दीमा अझैँ पनि बोक्सी प्रथाले समाजमा किल्ला गाँडिरहेको छ । यो उद्योगसरी एक पछि अर्काे गर्दै फैलिइरहेको छ । आफ्नो स्वार्थ पूरा नहुँदा झूटा आरोप लगाई आइमाइलाई बोक्सी बनाई परिवार र समाजले ज्यान लिएको विकराल अवस्था छ ।’ नेपालको सामाजिक विसंगतिलाई केन्द्रमा राखेर बोक्सी उद्योग नाट मञ्चन गरेको निर्देश शर्माले बताए पनि गहिराइमा डुब्दा राजनीतिको खोलले पर्दा पछािडबाट कतिसम्म समाजमा जरा गाडेको रहेछ त ? यी सबै छर्लंग हुनका लागि तीन सयको टिकट काट्न कुञ्च थिएटर नै नपुगी हुँदैन । कसैले नाटक हेरेर साथीभाइलाई आफूले नाटकमा देखिएका दृश्यका किस्साहरु सरसर्ती फलाक्नु र तीन सय खर्च गरेर नाटक हलभित्र छिर्नुमा स्वर्ग नर्क दुवै छ । जब कि हलभित्र दर्शक छिरेर नाटक हेर्न थाल्छ ऊ घरि गहिराइमा त घरि प्रफुल्ल र हाँसोमा पनि परिणत हुन्छ । साँच्चै ‘बोक्सी उद्योग’ वर्तमान समाजप्रति कडा रुपमा प्रस्तुत भई गाउँका जमिन्दार, काजी र भलाद्मी भनाउँदा अगतिला नेताहरुलाई राम्ररी झापड हानेको छ । 
नाटक सेडाई (टार्जन दाहाल । जो क्रिकेट खेलाडी हुन्छ) र घट्टलाल (प्रलाप राई । तामाङ बूढो) यस नाटकका कथा वाचक हुन् (न्यारेटर) । उनीहरुले निर्वाह गरेको भूमिका बेजोड छ । अझ राम विनय (किरण रेग्मी), म्याउची (नितृ पौडेल), बोक्सी भनेर डामिएकी पीडित महिला (अल्बिना न्यौपाने), कान्छी माया (प्रमिसा राई), काजी बडाघरे (केसी राजा) को भूमिका कम बेजोडको छैन । त्यस्तै, झगरु ( पदम घिमिरे),  बाग्मती ह्वाल्दार ( बालानन्द मैनाली), जग्गा (नमस्ते दिवाकर घिमिरे), सुर्मा (दिपिका थापा), भावना (विकास शर्मा, महिलाको भेषमा), लुलु (ऋषिकेश बस्याल) र फुर्वा ( रोयल राया) को पनि दर्शकको आँखा रसाउँने भूमिका अतुलनीय छ । 
७० को हुनुपर्ने ९० मिनेट भइदियो  
नाटकका लेखक एलनले नाटक मञ्चपश्चात् बाहिर दर्शसँग भने– ‘नाटक ७० मिनेट अर्थात् एक घण्टा १० मिनेटको भइदिएकोमा क्षमाप्रार्थी छु । हामीले नचाहदा नचाहदै नाटक केही मिनेट लामो हुन गयो ।  नाटकको स्क्रिप्ट जतिको हुनुपर्ने थियो त्यति हुनुपर्ने थियो तर, मञ्चन रियलसन गर्दै जाँदा लामो भइदिायो ।’ स्याउली सिम्फोनी कृतिबाट साहित्यमा नाम लेखाउने उनको यो पहिलो नाटक लेखन हो । हलभित्र नाटक हेरेपछि दर्शकको घेराबन्दीमा परेका उनी आफ्नो नाटकलाई औधी मनपराइदिएकोमा खुसी देखिन्थे । 
३०० खेर गएन
हलभित्रको दोस्रो श्रेणीको लहरको कुर्सीमा आसिन थिइन्, रञ्जना तामाङ । बोक्सी भन्दै पीडित महिलालाई गाउँनिकाला गरेको दृश्य र काजीका भरौटेहरुले रामविनयको श्रीमतीमाथि बजारजस्तो खुल्लामखुल्ला ठाउँमा यौनजन्य व्यवहार गर्न खोजेको दृश्य हेर्न नसकि आँखाका डिलबाट आँशु तप तप चुहाइन् । हलमा उनीसँगै बसेका अन्य महिलाहरुको आँखामा टिलपिल हुँदै आँशु खस्दै गरेको दृश्य देख्न सजिलै सकिन्थ्यो । अर्काे रोचक त के भइदियो भने, सञ्चारकर्मी नवीन राईसमेत नाटक मञ्चनको अन्त्यमा भक्कानिए । यी हलभित्र देखिएका वास्तविक दृश्य हुन् ।

हलभित्र नाटक हेरिसकेपछि बाहिर निस्किएर गफिएका रन्जना तामाङ, साथी केआर पाण्डुलिपिलगायत उनीहरुका अन्य चार जना साथीहरुले साढे शनिबार त्यसामाथि पाँचबजेदखि रातिको साढे सातसम्मको पर्खाई र तीन सय टिकटको लाभ प्रशस्त लिएको सुनाए । साथी पाण्डुलिपि त नाटक हेर्न बिहानै कीर्तिपुरबाट गाडि चढेर आएका रहेछन् । नाटक हेरेर साढे सात बजे घरतर्फ पाइला चाल्नै लागेका उनले भने–‘बिहानै गाडी चढेर नाटक हेर्न भनि गाडी भाडा अतिरिक्त टिकट शूल्क तीन सय खल्तिमा च्यापेर आएको खेर गएन । नाटक बनाउने, रुवाउँने शैलीले गम खाए । आजसम्म गरी दुई पटक यो नाटक हेरे अझैँ चित्त बुझ्न सकेको छैन ।’ फेरी उनले थपे,‘हामी त रोइसक्यो अब रुने तपाईहरुको पालो ।’
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here