कर्मचारीका लागि खुसीको खबर,अब १० लाखसम्मको उपचार खर्च पाइने 

Sharing is caring!

यदी तपाई कर्मचारी हुनुहुन्छ ? तपाईको कर्मचारी सञ्चयकोषमा वचत छ ? उसो हो भने तपाईका लागि खुसीको खबर छ छ । कर्मचारी वर्गका हितका लागि कर्मचारी सञ्चय कोषले  १० लाख रुपैंया बराबरको स्वास्थ्य वीमा गरिदिने भएको छ । उक्त वीमा कार्यक्रम आगामी  कात्तिकदेखि सुरु हुने जनाइएको छ । र यो वीमा योजनाबाट ६ लाख सञ्चयकर्ताको १० लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा गरिदिने भएको छ ।  यसरी सञ्चयकर्ताहरुले मृत्युपछि सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा रहेकोमा अब वहाल रहेको अवस्थामा सञ्चयकर्तालाई ठूलो रोग लागेमा १० लाख रुपैयाँसम्म उपचार खर्च पाउनेछन् । यस्का अलवा रु १ लाख रुपैयाँ बराबरको  औषधि उपचार खर्च उपलब्ध हुनेछ । 
कोषले आफनो आम्दानीबाट सञ्चयकर्ताको स्वास्थ्य बिमा गर्न लागेको जनाएको छ । आफ्नो बािर्षकोत्सवको अवसर पारेर कर्मचारी सञ्चयकोषले यो योजना ल्याउन लागेको हो । भोली कर्मचारी सञ्चयकोषले आफ्नो ५७ औं बार्षिकोत्सव मनाउदै छ । सोही अवसर पारेर कर्मचारी सञ्चयकोषले ६ लाख कर्मचारीहरुका लागि स्वास्थ्य वीमा योजना अगाडि ल्याएको हो । 
स्वास्थ्य बिमा योजना कात्तिकदेखि कार्यान्वयनमा आउने कोषका प्रशासक तुलसी गौतमले जानकारी दिएका छन् । कोषको आउँदो आइतबार हुने ५७ औं वार्षिकोत्सवमा सञ्चयकर्ताको स्वास्थ्य बीमा योजना घोषणा गर्ने कार्यक्रम छ ।  कोषले प्रतिसञ्चयकर्ता ४५० रुपैयाँ बिमा शुल्क तिर्ने सहमति राष्ट्रिय बीमा कम्पनीसँग गरेको छ । यसबाट ६ लाख सञ्चयकर्तालाई २७ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । राष्ट्रिय बिमाले बिमा शुल्क यो भन्दा कम गर्न सहमति जनाएको छ । बिमा शुल्कको दायित्व सञ्चयकर्तालाई नपर्ने गरी स्वास्थ्य बिमा हुने गौतमले बताएका छन् ।

यो वर्ष संचयकर्तालाई बाँडेर बचत हुने नाफा रकमबाट बीमा गर्ने र अर्को वर्षदेखि विशेष व्यवस्था गर्ने तयारी कोषको छ ।

कोषसँग हाल मौजात रहेको  १ अर्ब ६० करोड रुपैयाँको सामाजिक सुरक्षा कोष छ । त्यो कोषले वार्षिक १५ करोड रुपैयाँ आम्दानी गर्दै आएको छ । त्यसकारण सो कोषबाट बार्षिक १२ करोड रुपैंयासम्म व्यवस्थापन गर्न  कोषलाई समस्या नरहेको प्रमुख प्रशासक तुलसी गौतमको भनाई छ । हाल कोषले  सञ्चयकर्तालाई औषधि उपचार खर्च मात्र दिदै आएकोमा अब बिमाबाट ब्यहोर्ने किसिमले आउन लागेको हो । दुर्घटना क्षतिपूर्ति, औषधि उपचार र प्रसुति उपचारका लागि कोषले पैसा दिंदै आएको छ । यता सरकारले पनि २ लाख रूपैयाँसम्मको बिमा गरेको छ ।

Sharing is caring!

Loading...

LEAVE A REPLY