प्रदेश ७ मा गौरा पर्वको रौंनक

प्रदेश नम्बर ७ का विभिन्न जिल्लाहरुमा वसोवास गर्ने सुदुरपश्चिमीहरुले यो गौरा पर्व हर्षोल्लासका साथ मनाइदै छन । यो पर्व विशेष गरी सुदुरपश्चिमका दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न)  भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ । त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन) मा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ । काम विशेषले काठमाडौंमा बस्ने सुदुरपश्चिमेलीले पनि यो गौरा पर्व मनाउँदै छन । भने घरबाट टाढा अर्थात विदेशिएका मानिसहरु पनि यो गौरा पर्व मनाउन घर फर्किएका छन । 

Loading...

LEAVE A REPLY