स्याफ्रुबेँसी–मैलुङ खण्डको राजमार्ग खुला

0
86
रक्षामन्त्री ईश्वर पोखरेलले जेठ ६, २०७५ मा स्याफ्रुबेँसी–मैलुङ सडकखण्ड उद्घाटन गरेका थिए । नेपाली सेनाद्वारा निर्माण भएको १७ किलोमिटर दूरीको उक्त सडक मन्त्री पोखरेलले मैलुङमा उद्घाटन गर्दै भौगोलिक रुपले अति विकट रहेको क्षेत्रमा सरकारले तोकेकै समयभित्रै सडक निर्माण सम्पन्न गर्ने नेपाली सेना र नेपाली सेनाका सबै दर्जाका जवान तथा अधिकृतलाई धन्यवाद दिएका थिए । जुन कार्य कार्य बुधबार साँझ सम्पन्न भएको छ ।
गल्छी–त्रिशुली–मैलुङ सडक सुधार आयोजनाका प्रमुख सुबोध देवकोटाले माथिल्लो निकायको निर्देशन र रसुवाका जनप्रतिनिधि तथा जनचाहनाअनुरूप नदी किनारबाट राजमार्ग खोलिए पनि तत्कालका लागि भने ‘सिङ्गल लेन’को हुने जानकारी दिनुभयो । बाह्र चक्के ठूला सवारीसाधन गुड्ने वातावरणका लागि थप फराकिलो पारी सतह मिलाउन एक साता लाग्ने प्राविधिकले जानकारी दिएका छन् ।
गल्छीदेखि त्रिशुली, वेत्रावती, कालिकास्थान धुञ्चे हुँदै रसुवागढी सम्म १०४ किलोमिटर र गल्छीदेखि वेत्रावती, मैलुङ हुँदै नदी किनारबाट रसुवागढीका लागि ७९ किलोमिटर कायम रही २५ किलोमिटर कमी हुने देखिएकाले नेपाल–चीनबीच व्यापार व्यवसाय अभिवृद्विका लागि नदी किनारको राजमार्ग छिटोभन्दा छिटो सञ्चालन गर्न सबै पक्षले विशेष चासो दिएको नागरिक समाजले जनाएको छ ।
नयाँ ट्र्याक सफा गरिएको उक्त राजमार्गमा नेपाल–चीन केरूङबाट सामान आयात निर्यातका लागि चल्ने यातायातको सुरक्षा व्यवस्था एवं नयाँ मार्गबाट हुनसक्ने गैरकानूनी क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा प्रबन्ध मिलाइसकिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्गमा सडक सुधार आयोजनाको कामलाई बाधा नपर्ने गरी प्राविधिकको राय सुझावका आधारमा यातायात सञ्चालनको व्यवस्था मिलाइने जानकारी दिनुभयो ।

LEAVE A REPLY