सबै विद्यालयमा एउटै पाठ्यपुस्तक र पोशाक लागु गर्दै नगरपालिका

0
49
सामुदायिक र संस्थागत विद्यालयहरुले आफ्नो मनोमानी गर्दै आइरहेकोमा अब अँकुश लाग्ने भएको छ । फाइदा र नाफा मात्र हेरेर पढाईमा लापरवाही गर्दै आए पनि अब भने गुणस्तर विकास र समानका निम्ति नगरपालिकाले कडा निर्णय लिएकोे छ । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयमा एउटै पाठ्यपुस्तक पढाई गराउने नगरपालिकाले तयारी गरेको छ । सामुदायिक र संस्थागत विद्यालयको गुणस्तरमा एकरुपता ल्याउनका लागि नगरपालिकाले दुवै प्रकारका विद्यालयमा एकै खालको पाठ्यपुस्तक पढाउने तयारी गरेको छ। नगरपालिकाको योजना अनुसार यसअघि विद्यालयपिच्छे फरक–फरक प्रकाशनको पाठ्यपुस्तक अध्यापन गराउँदै आएको थियो भने दुवै तहका विद्यालयमा एउटै प्रकाशनको पुस्तक अध्यापन गराउने तयारी थालिएको हो ।
नगरपालिकाको योजना कार्यान्वयन भएमा अब पाठ्यक्रम फरक भए पनि सबै संस्थागत विद्यालयहरुले एउटै प्रकाशनको र सामुदायिकमा पनि एउटै प्रकाशनको पुस्तक पढाउनुपर्नेछ । यस्तै, अब दुवै प्रकारका विद्यालयले पोशाक पनि एउटै लागु गर्नुपर्नेछ । विद्यालयले आफुखुशी पोशाक लागु गरे पनि आगामी दिनमा भने सबै संस्थागतले एउटै किसिमको पोशाक लागु गर्नुपर्नेछ । तर सामुदायिक र संस्थागत विद्यालयको पाठ्यपुस्तक र पोशाक फरक फरक हुने कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले जानकारी दिए । ‘कोहलपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न यस कार्यक्रमले ठूलो सहयोग पु¥याउनेछ’ उनले भने, ‘अन्य स्थानीय तह भन्दा कोहलपुरलाई नमूना बनाउनका हाम्रो प्रयासमा यसले साथ दिन्छ ।’ नगरपालिकाले अहिले एउटै पाठ्यपुस्तक र पोशाक लागु गर्ने बारे सामाजिक विकास समिति संयोजक नारायणी ओलीको संयोजकत्वमा एक समितीसमेत गठन गरेको छ ।
गत पुस ४ गते गठन भएको समितिले अहिले आफ्नो कामलाई तिव्रता दिएको छ । समितिमा नगर शिक्षा अधिकारी रामसुरेश यादव, विद्यालय निरीक्षक दान बहादुर विष्ट, नगरका शिक्षा विज्ञ द्वय एकराज शर्मा, तोयानाथ पहाडि, सामुदायिक विद्यालयबाट एकदेव पन्थी, संस्थागत विद्यालयबाट शिव डाँगी रहेका छन् । संयोजक ओलीले नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार नै एउटै पाठ्यपुस्तक र पोशाक बनाउने कार्यक्रम रहेको जानकारी दिइन् । सामुदायिक विद्यालयहरुले एउटै प्रकाशनका पाठ्यपुस्तक प्रयोग गरे पनि पोशाक भने फरक÷फरक नै प्रयोग गरेका छन् । कोहलपुर नगरपालिकाका शिक्षा विज्ञ एकराज शर्माले अहिले कक्षा ५, ८, ९ र १० मा संस्थागत तथा सामुदायिक दुवै विद्यालयमा एउटै पाठ्यक्रम लागु भएको बताए । ‘नगरका संस्थागत विद्यालयहरुले नर्सरीदेखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट नै पढाइरहेका छन्’ उनले भने, ‘सामुदायिक विद्यालयतर्फ भने पुरै अंग्रेजी माध्यममा पढाउने विद्यालय छैनन् ।’ एउटै पाठ्यपुस्तक र पोशाक लागु गर्न सकिए बिशेष गरी संस्थागत विद्यालयहरुको मनोमानीबाट विद्यार्थी र अभिभावकहरुले केही भए पनि राहात पाउने नागकिरले विश्वास लिएका छन् ।

LEAVE A REPLY