रुपन्देहीमा तरुण दलका सक्रिय कार्यकर्ताको हत्या

0
80
रुपन्देहीको भलुहीमा आइतबार राति नेपाल तरुण दलका अनिश पुरीलाई अज्ञात समूहले आक्रमण गरी हत्या भएको हो । देवदह नगरपालिका–५ का २० वर्षीय पुरीको हत्या भएको हो । पुरी तरुण दलका एक सक्रिय कार्यकर्ताको हुन् ।
मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेको बेला अज्ञात समूहले उनीमाथि आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी डिलबहादुर मल्लका बताए)का छन् । उनका अनुसार, आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
आक्रमणकारीको पहिचान हुन सकेको छैन । प्रहरीले आशंकित केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY