यी हुन जडिबुटी कम्पनी हाक्ने नयाँ हाकिम

0
167
ज्ञानेश्वर कार्की महाप्रवन्धक

जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले नयाँ महाप्रवन्धक पाएको छ । कम्पनीले ज्ञानेश्वर कार्कीलाई महाप्रवन्धकको रुपमा छनोट गरेको हो । महाप्रवन्धक पदका लागि आह्वान गरिएको दरखास्त हालेका ६ मध्य छनोट समितिले उनलाई महाप्रवन्ध पदमा चयन गरेको हो । यस अगाडि राजनीतिक भागबण्डाका आधारमा त्यहाँ महाप्रवन्धकको नियुक्ती हुँदै आएकोमा सो परम्परा तोड्दै कार्की खुल्ला प्रतिष्पर्धाबाट कम्पनीको महाप्रवन्धक बन्न सफल भएका हुन् ।
वन मन्त्रालय गत कार्तिक ६ गते् दैनिक पत्रिकामा सूचना प्रकाशन गरी जडिबुटी केन्द्रका लागि महाप्रवन्धक पदमा दरखास्त आह्वान गरेको थियो । र प्रशासन शाखाका सहसचिव, वनस्पति विभागका निर्देशक र स्वतन्त्र विज्ञ सहभागी छनोट समितिले कार्कीलाई महाप्रवन्धकको रुपमा चयन गरेको हो । महाप्रबन्धकमा ६ जनाको दरखास्त परेकोमा अन्तर्वार्ताका लागि ३ जना छनौट भएका थिए । अन्तर्वार्ता लिइएका छनौट ज्ञानेन्द्र कार्की, गिरिधर अमात्य र राजेन्द्र ज्ञवालीमध्ये कार्की छनौट भएका छन् । प्रतिस्पर्धी उम्मेदवारलाई कम्पनीको व्यापारिक योजना प्रस्तुत गर्न लगाइएको थियो ।

जडीबुटी बेचेर नाफा कमाउने उद्देश्यले वि।सं २०३८ साल पुसमा कम्पनीको स्थापना गरिएको थियो । कम्पनील्े सुगन्धित तेल,सन्चो,रोजिनरटर्पेनटाइन, हर्वल लगायतका औष्ािध उत्पादन गर्दै आएको छ ।

LEAVE A REPLY