यी हुन विश्वकै कान्छी अर्बपति : काइली जेनर

0
178

 फोब्स म्यागजिनले विश्वपका अर्बपतिहरुको सूची सार्वजानिक गरेको छ । उस्ले सार्वजानिक गरेको सूची अनुसार विश्वकै कान्छी अर्बपतिका रुपमा अमेरिकाकी काइली जेनरले आफ्नो नाम सूचीमा दर्ज गर्न सफल भएकी छिन् ।

म्यागजिनले सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनर पर्न सफल भएकी हुन् । उनले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन् ।फोर्ब्सको गणनामा परेका दुई हजार एक सय ५३ धनी व्यक्तिमध्ये २५२ जना महिलाहरू छन् । आफ्नै पौरखमा सबैभन्दा धनी महिला भने चीनकी प्रभावशाली घरजग्जा व्यवसायी वू याजुन छिन् । उनको सम्पत्ति झन्डै ९ दशमलव ४ अर्ब डलर रहेको बताइन्छ ।

उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो ।

एक्काइस वर्षमै अर्बपतिको सूचीमा पर्दा उनले फेसबुकका संस्थापक मार्क जुकर्बर्गलाई पनि उछिनेकी छन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।

LEAVE A REPLY